ताजा अपडेट

मंगलामा अपाङ्गता परिचय पत्र वितरण

म्याग्दी, २३ फागुन । मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र  वितरण कार्यविधि २०७५ बमोजिम हालसम्म ९८ जनालाई वितरण गरेको सामाजिक विकास शाखाका अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो । आईतबार अपाङ्गगता परिचय पत्र वितरण सम्वन्धी स्थानीय समन्वय समितिले... पुरा पढ्नुहोस

मालिकाको केन्द्र दरबाङमा बजार अनुगमन

दरबाङ २३ फागुन । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्रमुख सौरभ श्रेष्ठको नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा... पुरा पढ्नुहोस

विद्यार्थी कुटपिटको घटनामा सहमतिः उपचारखर्च विद्यालयले व्यहोर्ने, शिक्षकले मागे माफी

म्याग्दी २३ फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको घटनामा कुटपिट गर्ने शिक्षकले लिखित रुपमा माफी मागेपछि दुबै पक्षबीच सहमति भएको छ । गएको फागुन १३ गते कक्षा कोठामा विद्यार्थीले पछाडीबाट शिक्षकलाई कागजले हानेको भन्दै शिक्षक नविन घिमिरेले राजन पौडेल सहित पाँच... पुरा पढ्नुहोस

मंगलामा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड

  म्याग्दी, २२ फागुन । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा आईतबार बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको छ। सामाजिक कार्यालय म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा वडाअध्यक्ष, वडासचिव, विद्यालयअन्तरगत बालक्लवका पदाधिकारी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थितमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको हो । पालिकामा बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट... पुरा पढ्नुहोस

शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा केदार कार्की चयन

म्याग्दी २२ फागुन । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर पुर्जा पुन, सचिव बेलबहादुर बरुवाल,अर्थ सचिवमा... पुरा पढ्नुहोस

शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुबेदी

म्याग्दी २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुबेदी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट जनप्रिय माविका प्रअ सुबेदी सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो। समितिको महिला उपाध्यक्ष गंगा घर्ती, उपाध्यक्ष पोष्टबहादुर विक, सचिव मिनबहादुर सुनार,अर्थ सचिवमा कृष्ण पुन, सहसचिव बिरबहादुर खड्का,सहसचिव... पुरा पढ्नुहोस

सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

म्याग्दी, २२ फागुन । तीन जना जेष्ठ नागरिकले चौरासी पुजाको अवसरमा विद्यालयलाई नगद सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख, उहाँकी श्रीमति धनमाया पुनले एक लाख रुपैया र सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही... पुरा पढ्नुहोस

म्याग्दी जेसीज उत्कृष्ट शाखा

  बेनी, २२ फागुन । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो । नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारी र इभिपी सुनिल तिमिल्सीनाले म्याग्दी शाखालाई उत्कृष्ट घोषणा... पुरा पढ्नुहोस

घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन

म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने

बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि... पुरा पढ्नुहोस