ताजा अपडेट

मल्कबाङको चरनक्षेत्रमा भेडाबाख्रा (तस्विर)

बेनी, १५ जेठ : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको महयाले डाँडाको चरनक्षेत्रमा रहेका भेडाबाख्रा । भेडाबाख्राका गोठलाई बेशीबाट पहाड हुँदै हिमालको बुकीतफै लैजान थालिएको छ । तस्वीर : म्याग्दीअनलाइन डटकम पुरा पढ्नुहोस

जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु

पोखरा १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए । तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना... पुरा पढ्नुहोस

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

[caption id="attachment_60611" align="alignnone" width="900"] फाइल तस्वीर[/caption] पोखरा १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय... पुरा पढ्नुहोस

खरको घर (तस्वीर)

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा स्थनीयबासीको खरले छाएको घर । ग्रामिण भेगमा अझै पनि परम्परागत खरले छाएका घरहरु भेटिन्छन् । जंगलमा खर घाँसलाई काटेर सुकाएर घर छाउने गरिन्छ । गरिब र विपन्न परिवारका व्यक्तिहरुले ढुंगा र टिन किनेर छाउन नसक्ने भएकाले खरले छाउनुपर्ने बाध्यता छ ।... पुरा पढ्नुहोस

लोमान्थाङमा सडक बत्ती जडान

मुस्ताङ १५ जेठ । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो । अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा... पुरा पढ्नुहोस

म्याग्दीमा ड्रागन फ्रुटको खेती (तस्वीर)

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा हरियाली ग्रुपमा गरिएको ड्रागन फ्रुटको खेती । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

सोमबार बेनीमा निःशुल्क दन्त शिविर हुने

बेनी, १४ जेठ । म्याग्दी जेसिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित रहेको बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर गरिएको हो । जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा हुने दन्त शिविरमा... पुरा पढ्नुहोस

नेफस्कूनद्वारा बेनीमा सहकारीको कार्यकुशलता तथा सिकाई सम्वन्धी अन्तरक्रिया

म्याग्दी, १४ जेठ । सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कुनमा आवद्ध १४ सहकारीका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको जोखिम न्यूनिकरण... पुरा पढ्नुहोस

लोमान्थाङमा ‘तिजी’को रौनक

मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर... पुरा पढ्नुहोस

गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

म्याग्दी, १४ जेठ । म्याग्दीमा गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६ दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी... पुरा पढ्नुहोस