ताजा अपडेट

ब्राम्हमण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन

म्याग्दी २५ भदाै । ब्राम्हमण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी,... पुरा पढ्नुहोस

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल

पाेखरा, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले... पुरा पढ्नुहोस

दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

दार्चुला, २५ भदौ ।   दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।                         गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको... पुरा पढ्नुहोस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

म्याग्दी, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने,... पुरा पढ्नुहोस

दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य

बागलुङ, भदौ २३  : भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या व्यापक थियो । दुर्गम गाउँका महिलालाई सुत्केरी बेथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गर्थे । कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे । कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै... पुरा पढ्नुहोस

कृषि र भेटेरीनरीको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक

म्याग्दी, २३ भदौ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले बिहिबार संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् । कृषि ज्ञान केन्द्रका... पुरा पढ्नुहोस

म्याग्दीको सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन

  म्याग्दी, २३ भदौ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले पालिकास्तरमा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार)... पुरा पढ्नुहोस

पर्यटकले छुटाउन नहुने पर्वतका गन्तव्य

कुश्मा, २३ भदौ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो... पुरा पढ्नुहोस

घतानको धानखेतको फाँट (तस्बिर)

बेनी २३ भदौ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौडाको धानखेतको हरियाली फाँट । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

बागलुङ २३ भदाै। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा... पुरा पढ्नुहोस