विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

  • २६ माघ २०७९, बिहीबार
  • 491 पटक पढिएको

म्याग्दी, २६ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ तिप्ल्याङ, २ भगवती, ७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । किशोरी शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको हो ।

किशोरी शिक्षा कार्यक्रमअन्तर्गत रघुगंगा गाउँपालिका– १ कालिका मावि तिप्ल्याङमा, महादेव मावि र मुक्तिधाम माविका विद्यार्थीहरुलाई राखु भगवती मैदानमा, अमर मावि चिमखोलामा र रितुङ मावि कुईनेमङ्गलेमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा सम्वन्धी तालिम दिईएको हो ।
किशोरीहरुमाथि हुन सक्ने हिंसालाई रोक्न र प्रतिकार गर्ने क्षमताको विकास गराउन तथा सचेत बनाउने उद्देश्यले सामाजिक विकास कार्यालयले र मिलन म्याग्दीले आत्मरक्षाको तालिम दिइएको हो ।


आत्मरक्षा तालिमका प्रशिक्षक चन्द्रा घले गुरुङले सहभागी किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले किशोरी तथा बालबालिकाहरुमाथि हुने हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो ।