म्याग्दी पात्लेखेतका रविन तनहुँको आँबुखैरेनीबाट पक्राउ

  • २६ माघ २०७९, बिहीबार
  • 471 पटक पढिएको

 

तनहुँ २५ माघ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले ठूलो मात्रामा लागुऔषधसहित म्याग्दीका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नं। १० पात्लेखेतका २२ वर्षीय रविन किसन रहेका छन् । मंगलबार दिउसो भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना५ख ४९६७ नम्बरको यात्रुवाहक बसलाई अस्थायी प्रहरी पोस्ट मुग्लिङ्ग पुलजिपको टोलीले आँबुखैरेनी गाउँपालिका वडा नं। ४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा चेकजाँच गर्नेक्रममा किसन पक्राउ परेका हुन् ।

किसनको साथबाट ६८ एम्पुल डाइजेपाम २ एमएल,६९ एम्पुल फेनार्गन २ एमएल र ६९ एम्पुल नुफिन २ एमएल गरि कुल २०६ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनले कालो र नीलो रङ्गको झोलामा उक्त परिमाणको लागूऔषध लुकाइछिपाई ल्याएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका किसनलाई तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।