ताजा अपडेट

गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

बेनी, १२ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उमेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क)मा माओवादीका हरीबहादुर... पुरा पढ्नुहोस

सुल्झिएन बागलुङ र पूर्वी रुकुमको सीमा विवाद

बागलुङ ११ कात्तिक । पातीहाल्ने र रिगताल क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना हो । मध्यपहाडी लोकमार्गमा पर्ने यी क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा छन् । स्थानीय सरकार आएपछि बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भुमे गाउँपालिकाले यहाँका पर्यटकीय क्षेत्रलाई आआफ्नो कब्जामा पर्न थालेपछि विवाद उत्पन्न भएको छ ।... पुरा पढ्नुहोस

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

महोत्तरी ११ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित... पुरा पढ्नुहोस

भीरबाट घाँसको भारी ल्याउँदै

म्याग्दी ११ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोट भीर छिचोलेर घाँसका भारी घरतर्फ ल्याउँदै स्थानीय महिला तथा बालबालिका । गत असार ९ गते सडकको माथिबाट खसेको पहिराले सडक बगाएपछि खानीबोट गाउँका स्थानीय जोखिमग्रस्त भीर वारपार गर्न बाध्य भएका छन् । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस पुरा पढ्नुहोस

किसानलाई धान भित्र्याउन चटारो (तस्बिर )

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका किसान शुक्रबार धान झाँट्दै । दसैँतिहारलगायत चाडपर्व सकिएसँगै म्याग्दीका किसानलाई बाली भित्र्याउने चटारो छ । धान खेती यस क्षेत्रकाे प्रमुख खाद्य बाली मानिन्छ । तस्बिर ः रासस पुरा पढ्नुहोस

मार्फाका बोटमा फलेका स्याउ (तस्बिर)

स्याउ उत्पादनका लागि प्रसिद्ध मुस्ताङको मार्फा स्याउबारीको बोटमा पाक्दै गरेका स्याउ । यतिबेला मुस्ताङी स्याउले बजार लिएकाे छ । हिमाली भुगागमा चिसाे हावापानीमा उत्पादन हुने मूस्ताङी स्याउ स्वादिलाे हुने भएकाले काठमान्डाैका बजारसम्म पुग्ने गरेकाे छ । तस्बिर : रासस पुरा पढ्नुहोस

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ, ११ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण... पुरा पढ्नुहोस

चक्रिय धौलागिरी पदमार्ग : सम्भावना अथाह, पूर्वाधारको अभाब

कमल खत्री बेनी, ११ कात्तिक : पथप्रदर्शक छिरी राईले ७ बर्षपछि धौलागिरि चक्रिय पदमार्गमा पर्यटकहरुलाई लिएर आफै पुग्नुभयो । काठमाण्डौमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालक समेत रहनुभएका राईले दर्जनौँ पटक धौलागिरी चक्रिय पदमार्गमा पर्यटकहरु लिएर आएको भएपछि पछिल्लो पटक भने ७ बर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धौलागिरि... पुरा पढ्नुहोस

मतदातालाई खेतबारीमै भेट्दै उम्मेदवार

कुश्मा, १० कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् ।... पुरा पढ्नुहोस

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

म्याग्दी १० कात्तिक ।  म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्र्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर... पुरा पढ्नुहोस