ताजा अपडेट

चर्को व्याजदर र मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन (तस्बिर/भिडियाे)

म्याग्दी ५ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को बैँक व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध शुक्रवार बेनीमा पर्दशन गरेको छ । देशका विभिन्न स्थानमा सर्वसाधारण नागरिकले चर्को व्याजदर र मिटर व्याजका कारण आफुहरु समस्यामा परेको भन्दै विभिन्न निकायमा उजुरी दिनेक्रम बढेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको... पुरा पढ्नुहोस

स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालको सनसनीपूर्ण जित

काठमाण्डौ, ५ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट... पुरा पढ्नुहोस

बेनीमा महिला उद्यमीहरुलाई अचार बनाउने तालिम प्रदान

  म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय... पुरा पढ्नुहोस

राष्ट्रपतिमा सघाए पूर्ण कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने कांग्रेसको संकेत

काठमान्डौ ५ फागुन ।   नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने संकेत दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पनि पाँच वर्ष नै उनलाई दिएको समर्थन... पुरा पढ्नुहोस

अनेरास्ववियुको सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी

  म्याग्दी, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा म्याग्दीका प्रकाश पौडेल विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणाम अनुसार ५२८ मत लिएर पौडेल बिजयी भएका हुन् । सचिवमा विजयी पौडेल जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य निर्वाचित हुदै सचिवालय सदस्य र गण्डकी प्रदेशको संयोजक पदमा रहेर संगठनको... पुरा पढ्नुहोस

बगरको कर तिर्दै बगरफाँटवासी

ध्रुवसागर शर्मा म्याग्दी ४ फागुन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको... पुरा पढ्नुहोस

एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

पर्वत ४ फागुन ।  पर्वतकाे  जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा २८.७३ प्रतिशत बजेट खर्च

  म्याग्दी, ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकामा चालु आथिर्क बर्ष २०७९/८० को सात महिनामा २८.७३ प्रशित बजेट खर्च भएको छ । माघसम्म चालु आवको ४३ करोड ६३ लाख ७० हजार ५४६ रुपैयाँ बजेटमध्ये १२ करोड ५३ लाख ७३ हजार ६७३ रुपैयाँ बजेट खर्च भएको हो । चालु आवको सात... पुरा पढ्नुहोस

उद्योग र पर्यटनलाई उकास्न प्रयासरत छौ – मन्त्री जुग्जाली

  पोखरा, ४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

    बाबियाचौर, ३ फागुन । शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो । मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि... पुरा पढ्नुहोस