ताजा अपडेट

धवलागिरीमा थप रु. चार करोड बजेट बाँडफाँट

  म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२ /०८३ को लागि थप रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो ।... पुरा पढ्नुहोस

विद्यार्थी पढाऔँ अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

म्याग्दी २२ पुस । म्याग्दीकाे बेनी नगरपालिका-९, तोरीपानीमा रहेको विद्यालयमा विद्यार्थी पढाऔँ सहयोग अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्य सहित स्थापना भएको अभियानको साधारणसभाको अवसरमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाइ विद्यालय झोला तथा कपी हस्तान्तरण गरिएको थियो । अभियानका संयोजक... पुरा पढ्नुहोस

एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिम सुरु

म्याग्दी २२ पुस । म्याग्दी सदरमुकाम बेनीमा एआई तथा मोबाईल पत्रकारिता तालिम सुरु भएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयको सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनमा सञ्चालित तालिम दुई दिनसम्म सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्दै प्रेस गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आम सञ्चार माध्यमबाट छिटो,... पुरा पढ्नुहोस

­थापाचौर जोड्ने झोलुंगे पुलले साँवताबासीको एक दशकको सपना पुरा गरिदियो

  म्याग्दी ः दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवताबासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् । “दिच्याम र देविस्थानको भिरबाट पहिरो खसेर अन्यत्र जाने बाटो नहुँदा पछिल्लो केहीवर्षयता बर्खामा बारीमा थुम्कोमा... पुरा पढ्नुहोस

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयाे

­म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन),... पुरा पढ्नुहोस

प्रतिनिधिसभा निर्वाचन : म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम

म्याग्दी, २१ पुस । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।... पुरा पढ्नुहोस

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति गर्न सुरू

म्याग्दी, पुस २१ गते । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र... पुरा पढ्नुहोस

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने पदमार्ग निर्माण सुरु

म्याग्दी २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिड्नुपर्ने भएपछि ढलान गरी सिँडीसहितको पदमार्ग निर्माण गर्न सुरु गरिएको हो ।... पुरा पढ्नुहोस

बेनीमा दोस्रो मगर कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

म्याग्दी २१ पुस । म्याग्दी सदरमुकाम बेनीमा दोस्रो मगर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले म्याग्दी जिल्ला स्तरीय दोस्रो मगर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । पुस २६ गते बेनी स्थित बहुउदेश्यिय कबर्डहलमा आयोजना हुने प्रतियोगितामा प्रथम, द्धितीय र... पुरा पढ्नुहोस

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने... पुरा पढ्नुहोस