ताजा अपडेट
धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सुरु
- 1 बर्ष, 8 महिना अगाडि
- २२ बैशाख २०८०, शुक्रबार
मुना, २२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । गाउँपालिकाको सहयोग र शान्तिका लागि समग्र विकास संस्थाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको... पुरा पढ्नुहोस
प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोक गित प्रतियोगिता हुने
- 1 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०८०, बिहीबार
म्याग्दी, २१ बैशाख । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १५ गते अन्तरमावि एकल लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लोक गित क्षेत्रमा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरमावि एकल लोकगित प्रतियोगिता कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस
पर्यटकले मन पराए अर्गानिक खानाका परिकार
- 1 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०८०, बिहीबार
म्याग्दी, २१ बैशाख । म्याग्दीका पर्यटकियस्थलमा पुग्ने पर्यटकले गाउँमा उत्पादित बस्तुको परिकार खाना रुचाउने गर्छन् । पछिल्लो समय अधिकांश पर्यटकियस्थलमा संचालित होटलमा पर्यटकको मुख्य रोजाइ नै अर्गानिक खाना पर्न थालेको हो । पर्यटकको आगमन आवातजावत बढी क्षेत्रका होटलमा बजार केन्द्रित खाना भन्दा फापर र कोदाको पीठाको ढिडो र रोटी,... पुरा पढ्नुहोस
एक ठेकेदारले पाँचवटा मात्र ठेक्का लिन पाउने प्रावधान यथावत राख्न संघको आग्रह
- 1 बर्ष, 8 महिना अगाडि
- २० बैशाख २०८०, बुधबार
म्याग्दी, २० बैशाख । निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न आग्रह गरेको छ। संघले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद निमायवली अनुसार ५ वटाभन्दा बढी योजनामा सहभागि हुने नियमलाई कार्यान्वयन गर्न चेतावनी दिएको हो । राष्ट्रिय विकास समस्या... पुरा पढ्नुहोस
भुरुङमा भूमे थानको उद्घाटन
- 1 बर्ष, 8 महिना अगाडि
- २० बैशाख २०८०, बुधबार
सुरेन गुरुङ, म्याग्दी, २० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो । स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चितता घोषणा
- 1 बर्ष, 8 महिना अगाडि
- २० बैशाख २०८०, बुधबार
बेनी, २० वैशाख। म्याग्दीको धवलागिरि गाउँपालिकाका सात वटै वटा पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् । १६ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई जन्मदेखि १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपहरु लगाएको भेटिएपछि गाउँपालिकाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडाको रुपमा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका सबै वडाहरुमा घरधुरी सर्वेक्षण... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन
- 1 बर्ष, 8 महिना अगाडि
- १९ बैशाख २०८०, मंगलवार
म्याग्दी १९ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार... पुरा पढ्नुहोस
गुर्जामा छन्त्याल संस्कृति संरक्षणको लागि भेषभुषा सहयोग
- 1 बर्ष, 8 महिना अगाडि
- १९ बैशाख २०८०, मंगलवार
बेनी, १९ वैशाख । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले... पुरा पढ्नुहोस
एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा
- 1 बर्ष, 8 महिना अगाडि
- १९ बैशाख २०८०, मंगलवार
कमल खत्री बेनी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा... पुरा पढ्नुहोस
भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै
- 1 बर्ष, 8 महिना अगाडि
- १८ बैशाख २०८०, सोमबार
म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो... पुरा पढ्नुहोस