ताजा अपडेट
गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम
- 1 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
बेनी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम गरिएको छ। दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । भौगोलिक रुपमा एक दिनको पैदलयात्रामा पुगिने वडानम्वर १ गुर्जामा पुगेर गाउँपालिका अध्यक्ष पुनले सो कार्यक्रम गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई... पुरा पढ्नुहोस
सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया
- 1 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिका–४ सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो । लघुउद्यमी समुहमा आवद्ध उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिममार्फत सिकेको सिपलाई ब्यवसायकि रुपमा... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा पर्यटन सम्भावनाको खोजीमा पर्यटन व्यवसायी(आलेख)
- 1 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
कमल खत्री बेनी, २९ जेठ । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रामा खर्चिएर फर्कनुभएको छ । बेलायतमा माउण्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा विगत ३५ बर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको... पुरा पढ्नुहोस
धवलागिरिमा सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार
- 1 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी २० जेठ। म्याग्दीको धवलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो । गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियान सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागी गर्भाअवस्थादेखि १८ बर्ष उमेर नपुगेका बालबालिकाहरुको बालसंरक्षण, बालविकास, बालबचाउ, बालसहभागीता सम्बन्धि ५१ वटा सूचकहरुलाई पूरा गर्न आबश्यक तयारी सूरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको... पुरा पढ्नुहोस
मोना युएईको अध्यक्षमा पुनः सुवास राम्जाली
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएइको अध्यक्षमा पुनः सुवास राम्जाली चयन हुनुभएको छ। आईतबार बरदुवईमा सम्पन्न मोना युएईको चौथो अधिवेशन एवम् साधारणसभाबाट पुनः राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किरन खत्री ( नविन), उपाध्यक्षमा बेकप्रसाद पुन, टेक फगामी र यमकुमारी... पुरा पढ्नुहोस
कृषी खेतीमा हलो छोडेर ट्याक्टरले जोत्दै किसान
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरु हाते ट्याक्टरप्रति बढी आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग... पुरा पढ्नुहोस
पाँच महिनामा बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतीको काम ८० प्रतिशत सम्पन्न भएको छ। राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनीले ५ महिनामा ८० प्रतिशत स्तरोन्नतीको काम सकेको हो । जिल्लामा भित्रिएका ठुलो योजनाहरुमा ढिलासुस्ती, अलपत्र... पुरा पढ्नुहोस
बेनीमा ‘आमा समूहसँग उपमेयर’
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
बेनी, २८ जेठ । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस