ताजा अपडेट
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईः लक्ष्यमा आधारित योजनालाई प्राथमिकता दिन सुझाब
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी ३ असार । बेनी नगरपालिकालाई लक्ष्यमा आधारित विकास निर्माण योजनालाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाब दिएका छन् । आईतवार बेनीमा आयोजित आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुवाई तथा आगामी बर्षको नीति , योजना तथा कार्यक्रमका लागि सुझाब संकलन कार्यक्रममा सहभागीहरुले... पुरा पढ्नुहोस
बेनीमा माओवादीको प्रशिक्षण
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
बेनी ३ असार । बेनीमा आइतबार नेकपा (माओवादी केन्द्र) म्याग्दीको पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । पार्टीको स्कुल विभागको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माओवादीको गण्डकी प्रदेश, जिल्ला समन्वय समिति, पालिका कमिटी र जनवर्गीय संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । स्कुलिङ कार्यक्रमको समापन गर्दै माओवादी... पुरा पढ्नुहोस
आगामी कार्यक्रम र बजेटका लागि धवलागिरिमा सुझाव संकलन
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी, ३ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा ६१.७८ प्रतिशत विकास बजेट खर्च
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी, ३ असार । म्याग्दीको बेनी नगरपालिकामा चालू आर्थिक बर्षको ११ महिनामा विकास बजेट ६१.७८ प्रतिशत खर्च भएको छ। पुँजीतगततर्फ रहेको कुल २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ ( ६१.७८) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सार्वजनिक सुनुवाई जानकारी दिनुभयो... पुरा पढ्नुहोस
धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
मुना, ३ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा... पुरा पढ्नुहोस
बागलुङमा कलाकार रवी कार्की सम्मानित
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी, ३ असार । म्याग्दीका कलाकार रवी कार्कीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो । ‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गित गायर पर्यटकियस्थल पञ्चकोटलाई... पुरा पढ्नुहोस
जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविण पौडेल
- 1 बर्ष, 7 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी, ३ असार । जिल्ला क्रिकेट संघ म्याग्दीको अध्यक्षमा प्रविण पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार बेनीमा भएको संघको दोस्रो अधिवेशनबाट पौडेललको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा कर्णबहादुर घिमिरे, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा सौरभ किसान सर्वसम्मत चयन भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यहरूमा... पुरा पढ्नुहोस
बाल उद्यानमा रमाउन थाले बालबालिका
- 1 बर्ष, 7 महिना अगाडि
- २ असार २०८०, शनिबार
म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित सार्वजनिक जग्गामा निर्माण भएको बाल उद्यानमा बालबालिका रमाउन थालेका छन् । बाल उद्यान निर्माणले बजारमा कोठामा सिमित रहेका बालबालिकालाई मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जनका लागि सहयोग पुगेको छ। गाउँबाट बजारमा पढाउनका लागि झरेका बालबालिकालाई अभिभावकले बेलुकाको समयमा... पुरा पढ्नुहोस
दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण
- 1 बर्ष, 7 महिना अगाडि
- २ असार २०८०, शनिबार
म्याग्दी, २ असार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबामा अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारले तीन वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा अस्पताल भवन निर्माण गरेको हो । पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको गाउँपालिकाका इञ्जिनियर... पुरा पढ्नुहोस
जन्मदिनका अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई सहयोग
- 1 बर्ष, 7 महिना अगाडि
- १ असार २०८०, शुक्रबार
म्याग्दी १ असार । म्याग्दीको बेनी बजार निवासी दिलबहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्नुभएको छ । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएर हाल बेनीमा बसोबास गर्दै आउनुभएका ७८ बर्षिय आश्रमका बृद्धबृद्धाहरुलाई जनही नगद रु ५ सय सहयोग गर्नुभएको हो । शुक्रवार ज्येष्ठ नागरिक आश्रम... पुरा पढ्नुहोस