जन्मदिनको अवसरमा श्रीमानलाई जीवन बिमाको पोलिसी उपहार

  • ३ फाल्गुन २०८०, बिहीबार
  • 573 पटक पढिएको

म्याग्दी ३ माघ । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाकी सुनमती बिकले आफ्नो श्रीमान भिमबहादुर विकको जन्मदिनको अवसरमा जीवन विमाको पोलिसी उपहार दिनुभएको  छ । विकले साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ स्न्स्योरेन्सको म्याग्दी शाखामा पुगेर जीबन बिमा गर्नुभएको छ । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा जीवन बिमा गरिदिएर रचनात्मक कार्य गरेको हिमालयन लाइफ इन्स्योरेन्सका म्याग्दी शाखा प्रमुख रविन जिसीले बताउनुभयो । पछिल्लो समय विवाह, जन्मदिन, बैबाहिक बर्षगाँठ लगायतको अवसरमा जीवन विमा पोलिसी उपहारको रुपमा दिने चलन बढेको छ ।