भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन

  • ३० फाल्गुन २०७४, बुधबार
  • 2757 पटक पढिएको

काठमाडौँ । चर्तित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो ।

हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ । उनी महान् वैज्ञानिक र असाधारण व्यक्तित्व थिए । उनको काम र विरासत धेरै वर्षसम्म जीवित रहनेछ । हकिङ्गको जन्म सन् १९४२ को जनवरी ८ मा बेलायतको अक्सफर्डसायरमा भएको थियो ।

सन् १९५९ मा उनले प्राकृतिक विज्ञान पढ्नका लागि अक्सफर्ड विश्वविद्यालयमा भर्ना भएका थिए । पछि, क्याम्ब्रिजबाट उनले आफ्नो विद्यावारिधी पूरा गरे । सन् १९६३ मा उनलाई मोटर न्युरोनसम्बन्धि रोग लागेको पत्ता लागेको थियो । त्यतिबेला डाक्टरहरुले उनलाई दुई वर्ष मात्र बाँच्ने बताएका थिए ।

उनले हकिङ रेडिएसनसम्बन्धि सिद्धान्त सन् १९७४ मा प्रतिपादीत गरेका थिए । सन् १९८८ मा उनले प्रकाशित गरेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम एक करोडभन्दा बढी प्रति बिक्री भएको थियो । उनको जीवनीमा आधारित भएर सन् २०१४ मा द थेउरी अफ एभ्रीथिङ नामक चलचित्र नै बनेको थियो । soruce : ratopati.com