विशेष
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
- 5 महिना, 9 दिन अगाडि
- ५ पुष २०८१, शुक्रबार
म्याग्दी,पुस ५ । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थिएन् । “विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म... पुरा पढ्नुहोस
ओखरबोटमा माओवादीको वडा सम्मेलन
- 5 महिना, 9 दिन अगाडि
- ५ पुष २०८१, शुक्रबार
बेनी, ४ पुष । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा बिहिबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट रेशम बहादुर पुनको अध्यक्षतामा लालमान बिक उपाध्यक्ष, प्रेम बहादुर सिउथानी सचिव, नरदेवी पुन उपसचिव र बिमला बिक सार्की कोषाध्यक्ष रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ । ... पुरा पढ्नुहोस
म्याग्दीमा आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार
- 5 महिना, 9 दिन अगाडि
- ५ पुष २०८१, शुक्रबार
म्याग्दी, ५ पुस । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीको रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँच वटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रम मार्फत किसानहरुलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे... पुरा पढ्नुहोस
माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा
- 5 महिना, 10 दिन अगाडि
- ४ पुष २०८१, बिहीबार
ताकम, ४ पुष । नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ । सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री र भोमबहादुर पाईजा, सचिवमा चक्र पुन, सहसचिवमा नवराज पुन र होममाया बिक र कोषाध्यक्षमा... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्धारा उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान
- 5 महिना, 10 दिन अगाडि
- ४ पुष २०८१, बिहीबार
म्याग्दीको बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा उत्कृष्ट कर्मचार, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ । विहिवार आयोजित नगरसभामा नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले सम्मान गर्नुभएको हो । नगरपालिकाले शिक्षा अधिकृत कमल प्रसाद ढकाल, सहायक पाँचौ चन्द्रदत्त शर्मा, अशिष्टेन्ट सब... पुरा पढ्नुहोस
म्याग्दीमा फलेको किबीले बजार पाएन
- 5 महिना, 10 दिन अगाडि
- ४ पुष २०८१, बिहीबार
४ पुस, म्याग्दी। धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी छन् त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बसेका छन् । ‘सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ’, उनले भने, ‘मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी... पुरा पढ्नुहोस
म्याग्दीमा सुन्तला उत्पादन बढ्यो
- 5 महिना, 10 दिन अगाडि
- ४ पुष २०८१, बिहीबार
म्याग्दी ४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको... पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ म्याग्दीको पदस्थापना, अध्यक्षमा गौतम
- 5 महिना, 11 दिन अगाडि
- ३ पुष २०८१, बुधबार
म्याग्दी, ३ पुस । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर... पुरा पढ्नुहोस
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित
- 5 महिना, 11 दिन अगाडि
- ३ पुष २०८१, बुधबार
म्याग्दी । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ । धवलागिरि गाउँपालिकाका स्वास्थ्य... पुरा पढ्नुहोस
झिँ र पाखापानीमा माओवादीको नयाँ नेतृत्व चयन
- 5 महिना, 11 दिन अगाडि
- ३ पुष २०८१, बुधबार
बेनी, २ पुष । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ र वडा नम्बर –६ पाखापानीमा मङगलवार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट झिँमा भिम बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा न. ६ पाखापानीमा प्रकाश पाइजाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस