विशेष

सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन

सिंगा, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको १२ औँ बार्षिक साधारण सभाको अवसरमा बेनी नगरपालिका– ४ को वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो । गत बर्ष शिवालय सामुदायिक सिकाई केन्द्र र वडा कार्यालयको आयोजनामा... पुरा पढ्नुहोस

पाखापानीमा पशु स्वास्थ्य शिविरबाट तीन हजार २५० पशुका लागि औषधी वितरण

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा तीन हजार २५० पशुपंक्षिको लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित पशु स्वास्थ्य शिविरमा घरगोठमा रहेका पशुपंक्षिमा देखिएका लक्षण र समस्याका आधारमा निःशुल्क औषधि वितरण गरिएको हो । शिविरमा २ हजार भेडाबाख्रा, १ हजार कखुरा र... पुरा पढ्नुहोस

म्याग्दीको मुनामा दुर्लभ रेडपाण्डा भेटियो

म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ। ­ समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार १०० मिटर... पुरा पढ्नुहोस

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ ।  पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ । “अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको... पुरा पढ्नुहोस

आठौँ म्याग्दी महोत्सव पुस २८ गतेदेखि

बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ  ।आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका... पुरा पढ्नुहोस

बेनी– अर्थुङ्गे–बाँसबोट सडक स्तराेन्नती

म्याग्दी, २३ मङ्सिर । बेनी–पुलाचौर  सडकखण्ड अन्तरगत  पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय... पुरा पढ्नुहोस

बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत तथा निक्षेप ४२ करोड... पुरा पढ्नुहोस

२२ औँ जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाइ

२२ औं अन्तरमावि  जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम बेनीको खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा  बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदैं उपाधी जितेको हो । प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोर : काभ्रेभिरमा सडक विस्तार

म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङररक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको... पुरा पढ्नुहोस

चिमखोलामा स्वास्थ्यचौकी भवन उद्घाटन (फोटो फिचर)

म्याग्दी , २१ मङ्सिर । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसीयाली मनाएका छन् । गाउँपालिका र संघीय सरकारको रु १ करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुइतले सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको हो । भवन निर्माण भएर... पुरा पढ्नुहोस