दिवंगत एक कुमार रिजालको परिवारलाई आर्थिक सहयोग
- ३० मंसिर २०८२, सोमबार
- 51 पटक पढिएको
गत भदौ १४ गते राती बेनीस्थित कालीगण्डकी नदी किनारमा सवारी दुर्घटनामा परेर दिवंगत हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर २ भगवती निवासी एक कुमार रिजालको परिवारलाई आर्थिक सहयोग गरिएको छ । तत्कालिन समयमा शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रिजालको निधन भएपछि मुक्तिधाम माविका पूर्व विद्यार्थी र रिजालका साथिहरुले रु दुई लाख ४७ हजार ७ सय सहयोग जुटाएका हुन् । मुक्तिधाम माविका एसएलसी व्याज २०६३ को अगुवाईमा स्वतस्फुर्त रुपमा संकलन भएको उक्त सहयोग रिजालका छोराछोरीको पढाईलेखाईमा सहयोग पुगोस भन्ने उदेश्यले परिवारलाई प्रदान गरिएको छ ।

मुक्तिधाम मावि एसएलसी व्याज २०६३ मार्फत रु ८६ हजार ५ सय ७, एसएलसी व्याज २०६४ मार्फत रु २५ हजार ५५५, पोर्तुगलमा रहनुभएका भगवतीका युवा किरन शाहीको नेतृत्वमा रु ७५ हजार ७५ र राखु समाज अष्टे«लियाबाट रु ५० हजार सहयोग प्राप्त भएको थियो । राखु समाज अष्ट्रेलियाका सचिब आशिष कार्की, दिवंगत रिजालका साथिहरु कमल खत्री, इश्वर खत्री मार्फत रिजालकी श्रीमती विष्णु रिजाललाई उक्त रकम प्रदान गरिएको छ । रिजालका एक छोरा र एक छोरी रहेका छन् । 