विशेष

धौलागिरि आइसफल पदमार्गका मनोरम ताल तलैया ओझेलमा

म्याग्दी , २४ साउन । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गमा रहेका मनोरम ताल तलैयाहरु ओझेलमा परेका छन् । वि.स. २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गको प्रवद्र्धन र पूर्वाधार निर्माणको अभियानले पूर्णता नपाउँदा आइसफल पदमार्गमा रहेका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका मुख्य... पुरा पढ्नुहोस

मृत्युलाई जितेर फर्किएका राखुका पाइलट मल्ल सदाका लागि अस्ताए

म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको दुखद निधन भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा थिए । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन... पुरा पढ्नुहोस

थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने

सुशीलबाबु थकाली मुस्ताङ,  २०  साउन ।  थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा जिल्ला स्थित आधा दर्जन क्लवहरु सहभागी हुनेछन् ।... पुरा पढ्नुहोस

मिस नेपालको ग्राण्ड फिनाले आज, म्याग्दीकी ललिता शेर्बुजा उपाधी प्रतिस्पर्धामा

यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् । राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को उपाधि प्रतिस्पर्धामा म्याग्दीकी ललिता शेर्बुजा समेत पुग्नुभएको छ । फाइनलमा पुगेका प्रतिस्पर्धीहरुलाई उनीहरुको प्रस्तुतीको आधारमा निर्णायकको मुल्यांकन र... पुरा पढ्नुहोस

दानाको विकास मोडेल ‘घरघरमा खानेपानी, टोलटोलमा पदमार्ग’ (फाेटाे फिचर)

म्याग्दीकाे अन्नपूर्ण–३ काभ्रेकी देवी बुढाथोकीलाई धारामा खानेपानीका लागि पालो पर्खनुपर्ने झण्झट हटेको छ । बर्षौदेखि गाउँमा धेरै घरधुरीले खानेपानीको लागि एउटै धारामा आलोपालो गर्दै आएका काभ्रे गाउँका घरघरमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएपछि बुढाथोकीसहित यहाँका ७० घरधुरीलाई खानेपानीको लागि पालो कुर्ने बाध्यता हटेको छ । गोर्खा वेल्फेयर ट्रष्टको... पुरा पढ्नुहोस

गलेश्वरधाममा धार्मिक पुस्तकालय स्थापना

म्याग्दी , १७ साउन । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषमा धार्मिक पुस्तकालय स्थापना गरिएको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा धार्मिक पुस्तकहरुको संरक्षण तथा स्थानीय स्तरमा धार्मिक पुस्तकको उपलब्धता गराउन पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा ५ सय बढी धार्मिक पुस्तकहरु राखिएको... पुरा पढ्नुहोस

गलेश्वरधामका ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिकहरुलाई लोयल रोयल स्पोष्र्टसमा आबद्ध युवायुवतीहरुले सहयोग गरेका छन् । समहुकी रोश्ना थापाको जन्मदिनको अवसरमा रोट्याक्ट क्लब पूर्वि चितवनको सहयोगमा ज्येष्ठ नागरिक आश्रमलाई खाद्यान्न र ज्येष्ठ नागरिकहरुलाई फलफुल र नगद सहयोग गरेका हुन् । भ्रमणको सिलसिलामा गलेश्वर क्षेत्रमा आएका युवायुवतीहरुले ज्येष्ठ नागरिक आश्रममा सहयोग गर्दा... पुरा पढ्नुहोस

मुनामा बाढीले झोलुङ्गे पुल र कलभर्ट बगायो

म्याग्दी १६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । गयराती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो । राती लेकाली क्षेत्रमा परेको बर्षाले खोला... पुरा पढ्नुहोस

नेपाल निजामती कर्मचारी संगठनद्धारा दृष्टिविहिन विद्यार्थीहरुको लागि सहयोग

म्याग्दी, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीले रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका   विद्यार्थीहरूका लागी खाद्यान्न र झुल वितरण गरेको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको असरमा संगठनले मंगलवार रु १५ हजार बराबरको खाद्यान्न सामाग्री र झुल वितरण गरेको हो ।... पुरा पढ्नुहोस

उपल्लो तातोपानी बजारमा सीसीटीभी क्यामेरा जडान

म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् । उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् । नाचगान गरेर पाहुना... पुरा पढ्नुहोस