विशेष

रेलेखोला जलविद्युतको काम धमाधम, एक बर्षमै सकियाे पचास प्रतिशत काम (तस्बिर सहित)

कमल खत्री बेनी १४ पुस । जलविद्युत गाउँको रुपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरि निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पुरा भएको छ । हिमकन्सल्ट... पुरा पढ्नुहोस

बेगखोलामा पक्की पुल निर्माणको काम तिब्र

बेनी, १४ पुस : बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माणको कामले तिव्रता पाएको छ । सडक विभाग मार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समय भन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माण कार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत ६ वर्षदेखि बेगखोलामा... पुरा पढ्नुहोस

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

नारच्याङ १४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीको छैठौँ साधारणसभा नारच्याङमाः ७ बुँदे घोषणपत्र जारी

म्याग्दी १३ पुस । म्याग्दी मिडिया सोसाईटीको छैठौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा बुधवार सम्पन्न भएको छ । वेशी गाउँको शिरमा रहेको मनमोहक पर्यटकीय सम्भावनायुक्त नारच्याङ झरनाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले सोसाईटीले सदरमुकाम बाहिर गएर आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन... पुरा पढ्नुहोस

कृषि उपजको बजारीकरणमा सहयोगी बन्दै झोलुङ्गे पुल

गलेश्वर १३ पुस । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ । पहाडी जिल्लामा सडक अभावका कारण सवारीसाधन सञ्चालन हुन सक्दैनन् । त्यसैले स्थानीयले आफ्ना उत्पादन... पुरा पढ्नुहोस

मिडिया सोसाईटी अवार्ड पत्रकार गौतमलाई प्रदान

म्याग्दी १३ पुस । म्याग्दी मिडिया सोसाईटीले प्रदान गर्ने ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ बाट म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीको छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन

म्याग्दी ११ पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार जिससको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट बानियाँकाे नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन भएकाे हाे । समितिकाे  उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी,... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः रु १ करोड ८५ लाख थप बजेट विनियोजन

म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र बृहत... पुरा पढ्नुहोस

को बन्ला गण्डकीको मुख्यमन्त्री ?

रामबहादुर थापा पाेखरा ११ पुस । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ । तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ... पुरा पढ्नुहोस

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

काठमान्डाै ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहाल्नुभएको छ । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी... पुरा पढ्नुहोस