सडक मावन ब्यवस्थापन तथा उद्वार सम्वन्धी बेनीमा सरोकारवाहरुसंग अन्तरक्रिया

  • १८ फाल्गुन २०७९, बिहीबार
  • धिरन खत्री
  • 339 पटक पढिएको

 

म्याग्दी, १८ फागुन । बेनीमा सडक मानव ब्यवस्थापन तथा उद्वार राहतका लागि म्याग्दीका सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । सामाजिका विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको सयुक्त आयोजनामा जिसस सभाहलमा सडक मानव ब्यवस्थापन र उद्वार सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो ।

मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष राम्जी अधिकारीले सडक पेटी र सार्वजनिक स्थलमा रहेका मानव उद्वार र ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिकाबारे जानकारी गराउनुभएको थियो । उहाँले सात प्रदेशका १९ जिल्लामा २३ वटा मानव सेवा आश्रमको शाखा संचालन गरी सडक मानव ब्यवस्थापन र उद्वार गरिएको बताउनुभयो । मानव सेवा आश्रमले बेसहारा, असक्त, असहाय, अनाथ र अभिभावकविहिन, मानसिक तथा शारिरिक रुपमा कमजोर र सडक आश्रित मानवको उद्वार गरेर औषधोपचार र पालपोषण गर्दै आएको जानकारी दिनुभयो । मानवसेवा आश्रम सरकारको अनुदान, परोपकारी संस्थाको सहयोग, मुठ्ठी दान, ब्यक्तिहरुको विभिन्न उत्सवको अवसरमा नगद, जिन्सि सहयोगबाट आश्रम संचालन भएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भण्डारीले सडक मानव ब्यवस्थापन, उद्वार र पालनपोषण ब्यवस्थापन गर्ने संस्थाको पुर्वाधार निर्माण र संस्था संचालनका लागि आवश्यक पर्ने आर्थिक ब्यवस्थापनका लागि प्रदेश सरकारबाट पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । जिसस प्रमुख राजकुमार थापा र बेनी नगरपालिका मेयर सुरत केसीले जिल्लामा अभिभावक विहिन, सडकमा आश्रित मानवलाई उद्वार गरी विभिन्न समयमा मानव सेवा आश्रम लगिएको जानकारी गराउनुभयो । कार्यक्रममा मेयर केसीले मानव सेवा आश्रमको ब्यवस्थापनका लागि नगरले आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

जिल्लाका नगर, पालिकाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाबाट उपस्थित सरोकारवालाले मानवमुक्त सडक र सार्वजनिक स्थल बनाउन सडक मानवको उद्वार र ब्यवस्थापनमा सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको थियो । मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीको अध्यक्षता, मानव सेवा आश्रम बागलुङकी अभिभावक सरिता गौमको स्वागत र सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिसस उपप्रमुख दिलुकुमारी खत्री, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा र अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन लगायत विभिन्न आमासमूह, विद्यार्थी लगायतको उपस्थित थियो ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l