विशेष

अन्नपूर्णमा माओवादीप्रति जनताको आकर्षण बढ्दै

म्याग्दी, २२ असोज । तीनमहिने अभियानअन्तरगत नेकपा (माओवादी केन्द्र) पार्टीले अन्नपूर्ण गाउँपालिकामा संचालन गरेका वडास्तरका कार्यक्रममा जनताको आकर्षण बढ्दै गएको छ। ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को दाना र ५ को शिखमा जिल्लाका नेताहरुले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो... पुरा पढ्नुहोस

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

म्याग्दी २२ असोज ।  विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ। धवलागिरि गाउँपालिका– २ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए। हाब्रे भेटिएको सम्बन्धी समाचार  सार्वजनिक भएको थियो। म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य... पुरा पढ्नुहोस

बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

बेनी, २२ असोज । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको... पुरा पढ्नुहोस

मण्डली युवा क्लबको नेतृत्वमा पर्यटकीय स्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धन (फोटो फिचर)

कमल खत्री बेनी, २२ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको प्रचार प्रसारका लागि युवा क्लबले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि ३८४० मिटरको उचाईमा... पुरा पढ्नुहोस

श्रमदानबाट पैदलमार्ग निर्माण अभियान सुरु

  म्याग्दी, २१ असोज। रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण अभियान सुरु गरिएको छ । दिवगंत शरिरलाई दाहसंस्कार गर्न घाटसम्म पुर्‍याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग निर्माण अभियान सुरु भएको हो । नेकपा (माओवादी केन्द्र) वडाकमिटीको नेतृत्वमा ढलानसहित पदमार्ग अभियान सुरु गरिएको छ। राखु भगवतीका युवाहरु मिलेर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धानखेत (तस्बिरमा)

बेनी, २१ असोज : म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीबाट देखिएको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र आसपासको क्षेत्रको  मनोरम दृष्य । मौवाफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । पछिल्लो समय मौवाफाँटमा गाउँपालिकाको केन्द्र बनेपछि पक्की घरहरु बन्ने क्रम बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

आन्द्राको क्यान्सर पीडित बालकको अपिल : ‘म बाँच्न चाहन्छु, आर्थिक सहयोग गर्नुहोस’

  म्याग्दी, २१ असोज । विगत १० महिना देखि आन्द्राको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २, भगवतीका १५ बर्षीय बालक संदिप परियारको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै संदिपको परिवारले सहयोगको आग्रह गरेको हो । विगत १०... पुरा पढ्नुहोस

मिलन म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, २१ असोज । मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ ।शनिवार सदरमुकाम बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बिटालु अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले संस्थाको निवर्तमान अध्यक्षमा कमला बानियाँ थापा, उपाध्यक्षमा तिलकुमारी राना, सचिवमा ज्ञानुकुमारी बानियाँ केसी, कोषाध्यक्षमा मिना राम्जाली र सहसचिवमा बलबहादुर विश्वकर्मा निर्वाचित... पुरा पढ्नुहोस

माओवादीको तीनमहिने अभियान अन्तरगत सिंगामा सडक नाली सरसफाई

म्याग्दी, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले तीन महिने अभियान अन्तरगत शनिबार बेनी–दरबाङ सडक अन्तरगत बेनी नगरपालिका वडानम्वर ४ सिंगा तातोपानीमा श्रमदान मार्फत नाली सरसफाई गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत सिंगा तातोपानीस्थित पहिरो पुरेको नाली सरसफाई गरेका हुन् । माओवादीको वडा... पुरा पढ्नुहोस

माओवादीका नेता तथा कार्यकर्ताद्वारा पदमार्ग मर्मत

  बेनी, २० असोज । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी... पुरा पढ्नुहोस