विशेष
रघुगंगाका जनप्रतिनिधि र कर्मचारीलाई मौवाफाँटमा स्वागत एवम सम्मान
- 6 बर्ष, 6 महिना अगाडि
- ४ बैशाख २०७५, मंगलवार
म्याग्दी, ४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि एवम कर्मचारीहरुलाई गाउँपालिकाको केन्द्र मौवाफाँटका स्थानीयले स्वागत एवम सम्मान गरेका छन् । नयाँ बर्ष २०७५ सालको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय नागरिक समाज र पवित्र आमा समुहले मौवाफाँटमा जनप्रतिनिधिलाई सम्मान एवम कर्मचारीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा स्थानीयबासीहरुले फुल, आला... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा मेलालाई व्यवस्थित बनाउन पहल
- 6 बर्ष, 6 महिना अगाडि
- ४ बैशाख २०७५, मंगलवार
राम्चे ४ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा मंगलबार सार्वजनीक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रमको कार्यान्वय, सार्वजनिक सेवा प्रवाहको अवस्था, नागरीकको गुनासो, सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्याललयको आयोजनामा सुनवाई सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस
घरमै सिंहदरबार ! घरमै पुगेर सेवा प्रवाह
- 6 बर्ष, 6 महिना अगाडि
- ४ बैशाख २०७५, मंगलवार
म्याग्दी, ४ वैशाख । बेनी नगरपालिका वडा नम्बर ८ ले एक अपांगता भएका व्यक्तिको नागरिकताको अनुशुचि र सिफारिस घरमै उपलब्ध गराइएको छ । बेनी स्थित शिक्षामार्गमा बस्दै आएका रत्न बहादुर मगरका अपांगता भएका छोरा कुमार मगरलाई मंगलवार वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली र वडा सचिब कृष्णप्रसाद सुवेदीले नागरिकताको... पुरा पढ्नुहोस
बेनी–कोरलामा १४ पक्की पुल बन्दै
- 6 बर्ष, 6 महिना अगाडि
- ४ बैशाख २०७५, मंगलवार
म्याग्दी, ४ वैशाख । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडक सञ्जाललाई सहज बनाउन १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । यी मध्ये ६ वटा निर्माणधिन अवस्थामा छन् भने ८ वटा टेण्डर, डिजाइन र सम्झौताको चरणमा रहेका छन् । अबको ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न... पुरा पढ्नुहोस
सञ्चारमाध्यमको विकासमा अन्नपूर्ण गाउँपालिकाको साथ
- 6 बर्ष, 6 महिना अगाडि
- ४ बैशाख २०७५, मंगलवार
म्याग्दी, ४ वैशाख । अन्नपूर्ण गाउँपालिकाले म्याग्दीको सञ्चारमाध्यमको संस्थागत विकास र सवलीकरणका लागि स्रोत व्यवस्थापनको प्रतिबद्धता जनाएको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा म्याग्दी मिडिया सोसाइटीका पदाधिकारीसँगको अन्तरसंवादमा गाउँपालिकाले सञ्चारमाध्यमको विकास बिना समुदायले सहि सूचना पाउन नसक्ने भन्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । सोसाइटीले म्याग्दीका ६ वटै स्थानीय... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषलाई मोना जापानद्धारा रु ५ लाख १३ हजार सहयोग हस्तान्तरण
- 6 बर्ष, 6 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । म्याग्दीमा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा जापानमा रहेका म्याग्देलीहरुले रु ५ लाख बढी सहयोग गरेका छन् । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्धारा संकलित नगद रु ५ लाख १३ हजार ४०० सहयोग सोमबार बेनीमा हस्तान्तरण... पुरा पढ्नुहोस
घर भत्किएपछि कलेजाबाङ (सन्सारे) का दर्जी परिवार समस्यामा
- 6 बर्ष, 6 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ( सन्सारे)मा एक परिवार बस्दै आएको घर भत्किएपछि समस्यामा परेका छन् । दिनहु आइरहेको बर्षाको कारण गोपाल दर्जीको एकतले घर भत्एिको स्थानीय युवा ओमकार खत्रीले बताउनुभयो । आर्थिक रुपमा विपन्नता रहेको दर्जी परिवार घर भत्एिपछि समस्यामा परेको उहाँले बताउनुभयो । मजदुरी गरि दैनिकी... पुरा पढ्नुहोस
मन्त्रीद्वारा स्थलगत निरीक्षण तथा स्थानीयसँग भेटघाट
- 6 बर्ष, 6 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, बैशाख ३ – महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले आइतबार रुप्से झरना र अन्धगल्छीको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना गाउँमा रहेको आकर्षक रुप्से छहरा र संसारकै गहिरो अन्धगल्छीको मन्त्रीसहितको एक टोलीले अनुगमन गरेको हो । अनुगमन गर्दै मन्त्री थापाले रुप्से झरना... पुरा पढ्नुहोस
बेग र बाँदुक जोड्ने नेपालकै लामो पुल बन्यो पर्यटकको आकर्षण (भिडियो सहित)
- 6 बर्ष, 6 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलको भम्रण गर्ने पर्यटक बढेका छन् । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो मानिएको छ । https://www.youtube.com/watch?v=yknbYpPK5vg पुल निर्माणको... पुरा पढ्नुहोस
एमाले रघुगंगा गाउँ कमिटीद्धारा मन्त्री थापाको ध्यानकर्षण
- 6 बर्ष, 6 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । नेकपा एमाले रघुगंगा गाँउ सङ्गठन कमिटीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाको ध्यानकर्षण गराएको छ । रघुगंगा गाउँपालिका भित्रका समसामयिक समस्याहरुलाई समाधानको माग गर्दै मन्त्री थापाको ध्यानकर्षण सहित लिखित पत्र बुझाएको हो । रघुगंगा गाँउपालिका–३ घुमाउनेतालमा एक कार्यक्रमको आयोजना गरी मन्त्रीको ध्यानाकर्षण गराइएको थियो... पुरा पढ्नुहोस