विशेष
पर्यटन विकासको लागि माघेसंक्रान्तिको अवसरमा मुुसुङमा पर्यटन मेला सुरु ( फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
https://www.youtube.com/watch?v=VXZMPgABcw4&feature=youtu.be म्याग्दी २९ पुस । बेनी नगरपालिका–३ मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस बर्षदेखि पर्यटन मेलाको रुपमा सञ्चालन गर्न सुरुवात भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय, कृषि, पशुपालन लगायतको सम्भावनाहरुको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस
बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्न सरोकारवालाहरुको माग
- 6 बर्ष, 4 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
म्याग्दी, २८ पुस । कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको छ ।... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रभा मावि बिजयी
- 6 बर्ष, 4 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कबड्डीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल... पुरा पढ्नुहोस
बेनी खानेपानीको साधारण सभाः खानेपानी वितरणलाई प्रविधिमैत्री बनाउने तयारी
- 6 बर्ष, 4 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
म्याग्दी, २७ पुस । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरणको काम गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभामा आयोजनाको दिगोपना र प्रविधिमैत्री बनाउनको लागि सुरु गर्न लागिएको स्मार्ट वाटर टेक्नोलोजि कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । बेनीमा करिब... पुरा पढ्नुहोस
खवाङमा खानेपानी आयोजना निर्माण
- 6 बर्ष, 4 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
बेनी २७ पुष । म्याग्दीको मालिका गाउँपालिका २ खवाङमा खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । फिनल्याड सरकार र गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।... पुरा पढ्नुहोस
धौलागिरिको सिवाङ्गमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- २६ पुष २०७५, बिहीबार
म्याग्दी, २६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका – ७ सिवाङ्ग स्थित हेम माविमा विहिवारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताले यस क्षेत्रमा खेलकुदको रौनक बढाएको... पुरा पढ्नुहोस
एसइईमा उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई रघुगंगा गाउँपालिकाद्वारा सम्मान
- 6 बर्ष, 4 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
म्याग्दी, २५ पुस । रघुगंगा गाउँपालिकाले २०७४ सालको एसईईमा उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका अन्तर्गत प्रअ र अध्यक्षहरुको बृहत छलफलको अवसरमा विद्यालयलाई सम्मान गरेको हो । गाउँपालिका अन्तर्गत एसईईमा क्रमश प्रथम दिप्तृय र तृतिय हुने अमर माध्यमिक विद्यालय, पाखापानी, मुक्तिधाम मावि राखु... पुरा पढ्नुहोस
बेनी नगरपालिका ३० वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण
- 6 बर्ष, 4 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
बेनी, २५ पुस ।बालशिक्षालाई प्रभावकारी बनाउन बेनी नगरपालिकाले ३० आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री (किटक्याट) वितरण गरिएको छ। शिक्षण विधिलाई प्रभावकारी र ब्यवहारिक बनाएर गुणस्तर शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बुधबार नगरपालिका सामाजिक विकास संयोजक एवम वडा ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल र स्रोतब्यक्ति... पुरा पढ्नुहोस
मल्कबाङका भक्तबहादुर साढे २ दशकदेखि भेडापालनमा
- 6 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
म्याग्दी, २४ पुस । उमेरले ६१ बर्षमा लागे धौलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित भेडिखाल्टाका भक्तबहादुर फगामी । जिवनमा बुढ्यौलीले कोल्टे फेर्दै गएपनि उनको दैनिकि भने जंगलका गोठहरुमै वित्ने गरेको छ । विगत २६ बर्षदेखि व्यवसायिक भेडापालन गरेका फगामीको भेडिगोठमा अहिले करिब ४ सय भेडाबाख्रा छन् । हिउँदको चिसोमा बेशीतिर र गर्मि... पुरा पढ्नुहोस
ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी
- 6 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
ताकम २४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण गर्न लागिएको हो ।... पुरा पढ्नुहोस