जिल्ला स्तरीय मावि तह हाजिरीजवाफ प्रतियोगितामा १० समुह फाइनलको लागि छनौट (फाेटाे फिचर)

  • ३ माघ २०७६, शुक्रबार
  • 3123 पटक पढिएको

म्याग्दी ३ माघ । म्याग्दीमा आयोजित जिल्लास्तरीय मावि तहको हाजिरीजवाफ प्रतियोगितामा विभिन्न १० विद्यालय फाईनलको लागि छनौट भएका छन् । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले आयोजना गरेको जिल्लास्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगितामा मंगला, मालिका र धौलागिरी गाउँपालिकाबाट ५ विद्यालय र बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाबाट ५ विद्यालय फाईनल प्रतियोगिताको लागि छनौट भएका हुन् ।


शनिवार बेनीमा हुने जिल्लाव्यापि मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको लागि शुक्रवार बावियाचौर र गलेश्वरमा तीन/तीन स्थानीय तहबाट सहभागि भएका ३४ विद्यालयहरुको प्रतिस्पर्धा मार्फत फाईनलमा सहभागी हुने १० विद्यालयहरुको छनौट गरिएको संस्थाकी अध्यक्ष केशरी शर्माले जानकारी दिनुभयो । मौसम प्रतिकुलताको कारण लक्ष्य अनुसार उल्लेख्य रुपमा विद्यालयहरुको सहभागिता गराउन कठिनाई आइपरेको अध्यक्ष शर्माले बताउनुभयो ।


शुक्रवार मंगला गाउँपालिकाको बावियाचौरमा आयोजित तीन तहको छनौट प्रतियोगिताबाट ताकम मावि ताकम, जनप्रिय मावि दरबाङ, केवी एकेडेमी दरबाङ, त्रिभुवन मंगला मावि ¥यालेखोर र डर्निङ इङलिस बोडिङ स्कुल बावियाचौर फाईनलको लागि छनौट भएका हुन् । फाईनल प्रतियोगितामा सहभागिताको लागि आयोजित छनौट प्रतियोगितामा मंगला, मालिका र धवलागिरी गाउँपालिकाका १७ विद्यालयले सहभागिता जनाएका थिए ।


त्यसैगरि बेनी नगरपालिका–९ गलेश्वरमा आयोजित बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका स्तरको छनौट प्रतियोगिताबाट पनि सहभागि १७ विद्यालयमध्येबाट ५ विद्यालय फाइनलको लागि छनौट भएका छन् । फाइनलमा छनौट हुनेहरुमा गलेश्वर आदर्श आवसीय मावि, प्रकाश मावि, न्यू वेष्ट पोईन्ट आवसीय मावि, सर्वोदय मावि भुरुङतातोपानी र महादेव मावि बेग रहेका छन् ।


छनौट प्रतियोगिताबाट छानिएका जिल्लामा ६ वटै स्थानीय तहका विद्यालयहरुको सहभागितामा शनिवार बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा एकै समुहमा फाईनल प्रतियोगिता सञ्चालन गरिने संस्थाकी सचिब सरिता थापाले जानकारी दिनुभयो । छनौट प्रतियोगितामा सहभागि विद्यालयहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । हरेक विद्यालयबाट २ जना विद्यार्थि सहभागि यस प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश ः नगद रु २० हजार, १२ हजार, ७ हजार र ४ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्नेछन् । विजेता सहित सान्त्वनासम्मका विद्यार्थीलाई काठमाण्डौमा उच्च शिक्षा अध्ययनको क्रममा छात्रबृत्ति समेत प्रदान गरिने जनाइएको छ ।


बावियाचौरमा आयोजित कार्यक्रम संस्थाका कोषाध्यक्ष विनोद केसीको अध्यक्षता, मंगला माविका प्रअ गमबहादुर खत्रीको विशिष्ट आतित्यथा र सन्दीप न्युरेको सहजीकणमा सम्पन्न भएको थियो भने गलेश्वरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शर्माको अध्यक्षता, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्र बहादुर केसीको विशिष्ट आतित्यथा र सचिब थापाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । बेनीमा हुने फाईनल प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री दरदेवी पुनले गर्नुहुने जनाईएको छ ।