म्याग्देली कलाकार ढकालको सन्देशमुलक गीत ‘मुखियाको नाती’ सार्वजनिक (भिडियो सहित)
- २ माघ २०७६, बिहीबार
- 5302 पटक पढिएको
म्याग्दी २ पुस । समाजमा उच्च ओहोदाका परिवारका सन्तान धनसम्पतीकै कारण विकृतिमा फस्ने खतरालाई उजागर गर्दै सन्देशमुलक गीत सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालले विकृतिमा फसेको युवाको कारण उसको जिवनमा आइपरेका अकल्पनीय संकटहरुलाई गीत मार्फत उजागर गरेका छन ।
मुखियाको नाती एल्बममा ‘नखेल जुवा र तास, धनको नास जिवनको बनबास’ बोलको लोक गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । सो गीत र म्युजिक भिडियोमा जुवा तासको लतले घरपरिवारमा पर्ने आर्थिक, सामाजिक र मानसिक क्षतिलाई दर्शाउन खोजिएको छ ।
गायक ढकालको लय सिर्जना रहेको गीतमा गायक ढकाल, बसन्त थापा र अमित विश्वकर्माको स्वर रहेको छ भने धु्रव जिसीको संगीत र तारानाथ आचार्यको एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा गायक ढकाल जुवातासको विकृतिमा फसेको युवाको भुमिकामा अभिनय गरेका छन भने सुरविर पण्डीत, दिपा पौडेल संगै म्याग्देली कालकार अमित विश्वकर्मा, रवि कार्की, व्यवसायि खेम केसी लगायतको समेत अभिनय रहेको छ । गणेश सापकोटाले छायांकन गरेको भ्युजिक भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका हुन् ।