विशेष

युवा क्लब संजाल गण्डकीको अध्यक्षमा म्याग्दीका पौडेल चयन

म्याग्दी २८ असार । युवा क्लब सञ्जाल गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका महेश पौडेल चयन हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको अन्तर्गगतको राष्ट्रिय युवा परिषद् मातहतमा स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरमा युवा क्लब सञ्जाल गठन गरिएको छ । भर्चुल माध्ययमबाट गरिएको प्रदेश स्तरको भेलाबाट बेनी नगरपालिका–६ निवासी पौडेल अध्यक्षमा... पुरा पढ्नुहोस

स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा माओबादी केन्द्रको शोकसभा

बेनी, २८ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले सोमबार स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा बेनीमा शोकसभा गरेको छ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसी, वाइसीयलका पुर्व जिल्ला संयोजक किशोर केसी र स्वर्गीय सहिद मदन केसीका बुवा खिमबहादुरको असार १७ गते ६४ वर्षको उमेरमा स्वर्गारोहण भएको... पुरा पढ्नुहोस

पहिरोको चपेटामा परेको धाइरिङको किराखोर बस्ती (फोटो फिचर)

म्याग्दी २८ असार । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको किराखोर बस्ती । भुमिगत पहिरोको कारण यो बस्ती पहिरोको उच्च जोखिममा परेको छ । यहाँका ३१ घरपरिवार पहिरोको कारण विस्थापित भएका छन् । पहिरोले आधा दर्जन बढी घर पूर्ण रुपमा क्षति भएका छन भने अन्य घरहरु समेत पहिरोको जोखिममा परेका छन्... पुरा पढ्नुहोस

बेनी नगरपालिकाद्वारा आत्मनिर्भर बनाउन तालिमसंगै प्रविधि सहयोग

  म्याग्दी, २७ असार । बेनी नगरपालिकाले गरिवी निवारणका लागि आयोजित तालिमसगै प्रविधिहरु हस्तान्तरण गरेका छन् । गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तालिममा सहभागि ५५ जना महिलाहरुलाई सिपसंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिनहरु नगरपालिकाले हस्तान्तरण गरेको हो । आईतबार मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस

म्याग्दीका प्रजिअबाट पत्रकारमाथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग

  म्याग्दी, २७ असार । समाचार संकलनको लागि म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारद्धय धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रजिअ गणेशबहादुर अधिकारीले दुब्र्यहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न... पुरा पढ्नुहोस

चेम्बर अफ कमर्स गण्डकी प्रदेशको सदस्यमा म्याग्दीका रकाल

म्याग्दी,२७ असार । चेम्बर अफ कमर्स गण्डकी प्रदेश सदस्यमा म्याग्दीका भरत रकाल निर्वाचित भएका छन् । अधिबेशनले किसान सुनारको अध्यक्षता चयन भएको नयाँ कार्यसमितिको सदस्यमा रकाल चयन भएका हुन् । रकाल चेम्वर अफ कमर्स म्याग्दीका अध्यक्ष समेत रहेका छन् । समितिको उपाध्यक्ष श्री बहादुर गुरुङ, महासचिवमा देवराज शर्मा, सचिवमा विष्णु... पुरा पढ्नुहोस

पिप्लेको औरीमा पहिरोले बस्ती नै जोखिममा, तीन घर विस्थापित

म्याग्दी २५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको औरीमा पहिरोले बस्ती नै जोखिममा परेको छ । मौवाफाँट हुँदै दग्नाम जाने सडकखण्डको अँधेरी खोला नजीक देखि नै पहिरो जान थालेपछि औरी बस्ती जोखिममा परेको हो । पहिरोबाट प्रेम बुद्धिजा, बुबहादुर बुद्धिजा र कमल विकको परिवार विस्थापित भएको रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

बेनी, २५ असार । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय तहहरुले रु. तीन... पुरा पढ्नुहोस

शालिजाका मृगौला पीडित कुलप्रसाद सापकोटाको उपचारमा सहयोगको आह्वान

म्याग्दी २४ असार । पर्वतको जलजला गाउँपालिका–६ शालिजा भोटेडाँडाका मृर्गौला पीडित कुलप्रसाद सापकोटा( शिब)को उपचारमा सहयोगको आह्वान गरिएको छ । २३ बर्षिय मृर्गौला पीडित सापकोटाको उपचारमा आर्थिक अभाब भएपछि आफन्तले उपचारमा सहयोगको लागि अपिल गरेका हुन् । बेनी अस्पतालमा डाईलासिस उपचार सेवा लिँदै आउनुभएका सापकोटाको थप र नियमित उपचारमा आर्थिक... पुरा पढ्नुहोस

बेनीको हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा (तस्बिर सहित)

म्याग्दी २४ असार । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट पहिरो खसेको छ । विहिवार विहान  हिलसाईटबाट खसेको पहिरोले घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । बजारमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयबासीमा त्रास बढेको छ । पहिरोको तल र माथि समेत बस्ती रहेकाले तत्काल संरक्षणको लागि पहल गर्न स्थानीयबासीले माग गरेका... पुरा पढ्नुहोस