विशेष

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । उनका अनुसार वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि... पुरा पढ्नुहोस

म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले... पुरा पढ्नुहोस

भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी, २४ माघ । रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । भगवतिस्थित सिरसिरडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण शुरु भएको हो । वडा अध्यक्ष रिमबहादुर कटुवालले ठेकेदार कम्पनीले नयाँ भवन बनाउन पुरानो भत्काएर निर्माण सामग्री जुटाउन थालेको जानकारी दिनुभयो... पुरा पढ्नुहोस

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ... पुरा पढ्नुहोस

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

  म्याग्दी, २२ माघ । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम... पुरा पढ्नुहोस

मंगलाको १२ औं गाउँसभा : थप बजेट विनियोजन र संस्था दर्ता बिधेयक पारित

  म्याग्दी, २१ माघ । मंगला गाउँपालिकाको १२ औं गाउँसभाबाट अर्धबार्षिक समिक्षासहित थप ३८ लाख बजेट विनियोजन गरेको छ । शुक्रबार बावियाचौरमा भएको गाउँसभाबाट माग भई आएका योजनाहरुमध्ये अतिआवश्यक १६ वटा योजनालाई सो बजेट विनियोजन गरिएको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा अर्धबार्षिक समिक्षा, बजेट संसोधन, निर्णयहरु... पुरा पढ्नुहोस

पर्यटकीय रुइसेमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक (तस्बिर)

म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित पर्यटकीय स्थल रुइसेमा हिमपातपछिको हिउँमा रमाउनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । रुइसे क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। नजिकका बस्तीबाट विहानैदेखि रुइसे क्षेत्रमा पुग्नेक्रम बढेको छ। गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको... पुरा पढ्नुहोस

हिउँले ढाकिएको बगर गाउँ (तस्वीर)

म्याग्दी २१ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा हिमपातले ढाकिएको गाउँ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । बगर चक्रिय धौलागिरि पदमार्गको अन्तिम मानव बस्ती समेत हो । तस्वीर : आस्मन पुर्जा मगर पुरा पढ्नुहोस

अन्नपूर्णका अध्यक्ष पुनद्वारा जनप्रतिनिधिको तलबवापतको रु २० लाख सामाजिक क्षेत्रमा

म्याग्दी २१ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो । सेवा... पुरा पढ्नुहोस

म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

म्याग्दी २१ माघ । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गयराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ । हिमाली क्षेत्रमा पटक पटक हिमपात हुने भएपनि पहाडी क्षेत्रसम्म नै... पुरा पढ्नुहोस