एमालेबाट अन्नपूर्णमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार छनौट

  • २८ चैत्र २०७८, सोमबार
  • 935 पटक पढिएको

म्याग्दी, २८ चैत । नेकपा एमाले म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्वार छनोट गरेको छ । पोखरेबगरमा सोमबार बसेको गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको हो ।

एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीको उपस्थितमा बसेको बैठकलले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको जनाएको छ । अध्यक्ष उम्मेदवार अन्नपुर्ण– ७ औल निवासी हुनुहुन्छ । पुन शिक्षण क्षेत्रको अनुभव र गाउँपालिकामा स्रोत ब्यक्तिको रुपमा शिक्षा क्षेत्रको सुधारको काम गर्नुभएको थियो । हालै शिक्षक पदबाट राजीनामा दिनुभएको थियो ।

उपाध्यक्ष पदका उम्मेवार पुनसंग गैरसरकारी संस्थामा काम गरेको अनुभव छ । वडानम्वर ५ पाउद्वारकी पुन मिलन म्याग्दीको कार्यकारी निर्देशक भएर काम गर्नुभएको थियो । १४ मतदानस्थल र १७ मतदान केन्द्र रहेको अन्नपूर्णमा १२ हजार २९ मतदाता रहेका छन् ।

एमालले मंगला गाउँपालिका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई उम्मेदवार घोषणा गरेको छ । भने, रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेमबहादुर कार्कीलाई उम्मेदवार बनाउन पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिनुभएको छ ।