बेनी सामुदायिकको आयोजनामा जिल्ला स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना
- १ माघ २०८२, बुधबार
- 1 पटक पढिएको
बेनी, २९ पुष । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयले जिल्ला स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको छ । विद्यालयले माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन गर्न लागिएको ‘प्रथम बिसिएसएस’ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
विहिवार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानध्यापक भिम घर्तिले विद्यालय तहमा लुकेर रहेको भलिबल खेल प्रतिभाको पहिचान र प्रस्फुटन गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई क्रमश नगद रु ६० हजार र ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गर्ने जानकारी दिनुभयो । छात्र र छात्रा दुबै टिमलाई समान पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई शैक्षिक संगसंगै खेलकुदलाई पनि अगाडी बढाउनका लागि प्रतियोगिताले सहयोग पुग्ने जनाईएको छ । प्रतियोगिता विद्यालयको खेलमैदानका साथै मंगलाघाटमा रहेको खेलमैदानमा सञ्चालन हुने छ ।