विकास शाहीको उपचारका लागि सहयोग अभियान सुरु

  • २९ पुष २०८२, मंगलवार
  • 1 पटक पढिएको

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्ले निवासी विकास शाहीको उपचारका लागि सहयोग अभियान सुरु गरिएको छ । केही समयअघि मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका शाहीको हाल मणिपाल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

दुर्घटनापछि शाहीको स्वास्थ्य अवस्था जटिल बनेके र लामो समयसम्म उपचार आवश्यक पर्ने चिकित्सकले बताएका छन् । पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या उत्पन्न भएपछि सहयोग अभियान सञ्चालन गरिएको हो ।

नव सनोष सेवा युवा क्लब, रघुगंगा गाउँपालिका–३ पिप्लेले शाहीको उपचारका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको अपिल गरेको छ । अभियानअन्तर्गत संकलित रकम शाहीको उपचारमा खर्च गरिने क्लबले जनाएको छ ।

सहयोग गर्न चाहनेले कुमारी बैंक लिमिटेडको खाता नम्बर ०४६००२१७२४८००००१ (खातावालाको नाम: रमेश सिंह ठकुरी) मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । क्लबले मानविय भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गरेको छ ।