विशेष

बेनपा–७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी, ४ असार । बेनी नगरपालिका–७ मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना... पुरा पढ्नुहोस

ऐतिहासिक बेनीकोत पुनःनिर्माण

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस

कृषिमा व्यावहारिक सुधार पनि आवश्यक

विकास घिमिरे/ रूस र युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रसमेत समस्याग्रस्त रहिरहेको र बढ्दो महँगीका कारण अर्थतन्त्र अस्तव्यत बन्दै गएको सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले समयमै संसदमा बजेट प्रस्तुत गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ... पुरा पढ्नुहोस

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत

बागलुङ, ४ असार । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । संघको १८ औँ अधिवेशनबाट निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । अरु पदमा यस... पुरा पढ्नुहोस

धान रोपाइँको रौनक (फोटो फिचर)

बेनी, ३ असार । म्याग्दीको मंगला गाउँपालिका–२ रनबाङमा ट्याक्टरले खेत जोतेर धान रोपाई गर्दै गरेका स्थानीय । असारको सुरुवातसंगै म्याग्दीका किसानलाई धान रोपाइँको चटारो बढेको छ । मुख्य खाद्य बालिको रुपमा म्याग्दीमा धान खेती हुने गरेको छ । तल्लो र मध्य पहाडी भेगसम्म नै धान खेती हुँदै आएको छ ।... पुरा पढ्नुहोस

मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द

बेनी, ३ असार । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नति भइरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले दैनिक चार घण्टा बन्द गर्न लागिएको कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । निर्माणको कामलाई... पुरा पढ्नुहोस

देवि मन्दिर पुनर्निमाण

म्याग्दी, २ असार । जिर्ण अवस्थामा पुगेको रघुगंगा गाउँपालिका– २ चौउरको देवि मन्दिर पुनर्निमाण गरिएको छ । परापुर्वकालदेखि धार्मिक महत्व बोकेको मन्दिरलाई स्थानीय युवाहरुको नेतृत्व र सक्रियतामा सो मन्दिर पुनर्निमाण गरिएको हो । वडाबाट विनियोजित बजेट, स्थानीयबासीको आर्थिक सहयोग र जनश्रमदानबाट मन्दिर पुनर्निमाण गरिएको देवि मन्दिर निर्माण समितिका सचिव ईश्वर... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तह बजेट निर्माणमा जुटे

कमल खत्री बेनी, २ असार । म्याग्दीका स्थानीय तह आगामी आर्थिक बर्ष २०७९/८० लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन् । संघीय संरचनामा दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा भर्खर मात्रै वडा र पालिकाको नेतृत्व सम्हालेका जनप्रतिनिधिहरुले आफ्नो पाँच बर्षे कार्यकालको विकासको खाका यसै बर्षको नीति तथा... पुरा पढ्नुहोस

रघुगंगामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबारे गाउँपालिकाको केन्द्र मौवाफाँटको सभाहलमा आयोजित अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्नाम प्रथम भएको हाे । त्यस्तै प्रतियोगितामा माध्यमिक विद्यालय... पुरा पढ्नुहोस

जिल्ला भलिवल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ

म्याग्दी, २ असार। जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ निर्वाचित भएका छन् । बेनीमा बिहिबार भएको संघको ५औं अधिवेशनबाट भलिबल प्रशिक्षक बानियाँको नेतृत्वमा संघ गठन गरिएको हो । संघको उपाध्यक्ष रहेका बानियाँ यस पटक अध्यक्ष भएका हुन । संघमा निरन्तर आवद्ध रहेर बानियाँले जिल्लाको भलिवल खेलको विकासका निम्ती महत्वपुर्ण... पुरा पढ्नुहोस