भुरुङमा भूमे थानको उद्घाटन
- २० बैशाख २०८०, बुधबार
- 593 पटक पढिएको
सुरेन गुरुङ,
म्याग्दी, २० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो ।
स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनका प्रमुख आतिथ्यतामा भूमे पूजा गर्ने ठाउँमा निर्माण गरिएको विभिन्न पूर्वाधारको उद्घाटन गरिएको थियो । अध्यक्ष पुनले प्रवेश द्वार र शिलालेख, डमरबहादुर पुर्जाले थान, कविराज पौडेल र डम्वर वहादुर पौडेलले सतल, धनकुमारी थापाले गणेश मन्दिर, तुलिमा पाईजाले वराह मन्दिर, मनबहादुर राम्जाली पुनले भित्री गेट र सरस्वती तिलिजा पुनले बृृक्षारोपण सहित उहाँहरुले थान परिसरका पुर्वाधारको उद्घाटन गर्नुभएको थियो ।
भुरुङ निवासी हाल युके बसोबास गर्दै आएका रन पाईजाले पूजाको अवसरमा २ थान सनाय र ११ जोडी पोषाक नौमति बाजा समुहलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रकृतिलाई खुशी बनाउने भूमे पूजासंगै गाउँहरुले मिलेर पुख्र्यौली नृत्य गरेका थिए । भूरुङमैत्री समाज पोखराले जन्म गाउँ भूरुङको विकासमा सहयोग गर्दै आएको छ ।
अन्नपूर्ण गाउँपालिका– २ का वडाअध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षता र विष्णु गर्वुजाको संचालनमा भउको कार्यक्रममा भूमेलाई खशुी बनाउन विभिन्न कार्यक्रमहरु गर्नुभएको थियो ।