म्याग्दी समाचार

पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालन

धवलागिरी क्षेत्रका पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै नयाँ होटल सञ्चालनमा आएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालनमा आएको हो । व्यवसायी कृष्ण केसीले ३९ वटा कोठाको होटल सञ्चालनमा ल्याएका हुन् । होटलको १०२ जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको छ... पुरा पढ्नुहोस

म्याग्दीको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छेडियो

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका ७ र ८ मा निर्माणाधीन ३७ दशमलव ५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ 'ब्रेक थ्रु' भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको बन्दीको अडिट १ र खरिबोटमा रहेको अडिट २ जोड्ने सुरुङको हिजो बेलुका 'ब्रेक थ्रु' भएको हो ।... पुरा पढ्नुहोस

पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए । “विसं २०६३ मा चौरखानीका... पुरा पढ्नुहोस

जग्गादाता रोकालाई नेत्रज्योती संघको सम्मान

  बेनी, २७ चैत । नेपाल नेत्रज्योती संघले म्याग्दीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएका मुक्ति रोकालाई चितवनमा सम्मान गरेको छ । मालिका गाउँपालिका–६ घर भई हाल पोखरा बसोबास गर्नुहुने रोकाले गत साउनमा संघलाई बेनी नगरपालिका–८ कालीपुलमा रहेको रु. दुई करोड मूल्य बराबरको २३६.४५ वर्ग मिटर क्षेत्रफल भएको जग्गा निशूल्क... पुरा पढ्नुहोस

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर 

  बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो... पुरा पढ्नुहोस

राखु समाज युकेको अध्यक्षमा सोभिता शाही चयन

युकेमा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । समाजको १२ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट सोभिता शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खिम मल्ल (पुष्पा), सचिबमा सुजाता भण्डारी, कोषाध्यक्षमा कपिल मल्ल, सहकोषाध्यक्षमा कुसुम मल्ल, सहसचिबमा अनिल मल्ल र संयोजकमा... पुरा पढ्नुहोस

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा... पुरा पढ्नुहोस

बजेट नआएपछि विद्यालय भवन निर्माण योजना प्रभावित

म्याग्दी, २५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । संघीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत बर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो । निर्माण व्यवसायीले भवन... पुरा पढ्नुहोस

गण्डकीको मुख्यमन्त्रीमा खगराजद्वारा दाबी पेस, मनाङेको पनि समर्थन

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार... पुरा पढ्नुहोस

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते

म्याग्दी  २३ चैत । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर... पुरा पढ्नुहोस