म्याग्दी समाचार

भूतपूर्व सैनिक सहकारीको नेतृत्व क्षमता विकास तालिम सम्पन्न

म्याग्दी १८ पुस । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बेनीमा दुई दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा समिति र विभिन्नउपसमितिका पदाधिकारी तथा सदस्य एवम् व्यवस्थापकहरुको सहभागीता रहेको थियो । तालिममा नेफ्स्कुनका... पुरा पढ्नुहोस

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई, लगातार तीन पटक बिजेता बन्दै शिल्ड पच

म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो ।... पुरा पढ्नुहोस

रघुगंगामा १६ औँ गाउँसभा : करिब रु ५करोड थप बजेट विनियोजन

बेनी, १७ पुस :  म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र)को अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण

पोखरेबगर, १६ पुष । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण दिइएको हो ।  कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य चन्द्रबहादुर बुढाले माओवादी जनयुद्ध, जनआन्दोलनको उपलब्धीका... पुरा पढ्नुहोस

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला... पुरा पढ्नुहोस

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी, पुस १७ गते । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीले मनायो ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए । राणा... पुरा पढ्नुहोस

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नम्बर ५ स्थित पिपलबोटको खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने... पुरा पढ्नुहोस

महिला उद्यम विकास समितिको सभापतिमा श्रेष्ठ चयन

  बेनी, १५ पुस । महिला उद्यम विकास समिति म्याग्दीको सभापतिमा अम्विका श्रेष्ठ निर्वाचित हुनुभएको छ । आईतवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो । नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम... पुरा पढ्नुहोस

विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान हो –मन्त्री जुग्जाली

बाबियाचौर, १५ पुष ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ ।   https://youtu.be/oB9kg9eDfXU म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको... पुरा पढ्नुहोस