ठाडाखानीमा गोरु चोर्नेहरू स्थानीयको फन्दामा

  • ९ श्रावण २०८१, बुधबार
  • 1310 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोरु चोरी गर्ने गिरोहलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । मंगलवार राती स्थानीय लिलबहादुर छन्त्यालको घरमा रहेको एउटा गोरु चोरी गरेर गाउँदेखि मालिकाधुरीतर्फ लैजाँदै गरेका मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर पुर्जा र भुपेन्द्र क्षेत्रीलाई स्थानीयले नियन्त्रणमा लिएर पाखापानी प्रहरीको जिम्मा लगाएको स्थानीय सितल मालिका युवा क्लबका निवर्तमान अध्यक्ष प्रविन छन्त्यालले जानकारी दिनुभयो । घर नजिकैकको गोठमा बाँधेका पशुचौपाया हराउन थालेपछि छिमेकी गाउँबाट चोरी भएको हुनसक्ने अनुमान गर्दै आएकोमा गोरु चोरलाई फेला पारेपछि प्रहरीको जिम्मा लगाइएको उहाँको भनाई छ । यस अघि पनि गाउँबाट गोरु, भेडाबाख्रा लगायतका पशु चौपाया चोरी हुने गरेको कारण चोरहरुलाई उचित कारबाही गर्न प्रहरीको जिम्मा लगाइएको पाखापानीका वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो ।