म्याग्दी समाचार

रुमको धुलाबाङमा श्रीमतीको कोदालो प्रहारले शिब जिसीको मृत्यु

म्याग्दी, ४ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा एक युवाको आफ्नै श्रीमतीले हत्या गरेकी छिन् । मंगलवार राती करिब साढे १० बजे ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती करिब २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरायसी विवादको क्रममा श्रीमतीले कोदालोले... पुरा पढ्नुहोस

लैङ्गिक विभेद तथा हिंसा सम्वन्धि अन्तक्र्रिया

म्याग्दी, ३ साउन । म्याग्दीको बेनीमा लेङ्गिक विभेद तथा हिंशा सम्वन्धि म्याग्दीको अवस्था बारे अन्तक्रिया भएको थियो । महिला तथा बालबालिका कार्यालय, सिविल नेपाल, महिला तथा मानव अधिकार रक्षक सञ्जाल र प्लान इन्टरनेशनल नेपालको सयुक्त आयोजनामा अन्तक्र्रिया कार्यक्रम भएको हो । लैङ्गिक विभेद र हिंसा सम्वन्धि म्याग्दीमा भएको अवस्था सम्वन्धि... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको निती तथा कार्यक्रम र बजेट यस्तो छ । (पूर्ण पाठ सहित)

              अन्नपूर्ण गाउँपालिका आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम म्याग्दी जिल्ला प्रदेश नं. ४ २०७४   गाउँसभामा अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या डम वहादुर गर्बुजाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम  (पूर्ण पाठ सहित) अन्नपूर्ण गाउँपालिकाको गाउँसभाका अध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, विशेष अतिथि, ज्यू, उपस्थित सम्पुर्ण अतिथिगणहरु, गाउँसभाका सदस्यहरु, सम्पुर्ण कर्मचारीहरु... पुरा पढ्नुहोस

म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोड राहत वितरण

म्याग्दी, २ साउन । म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो । यसअघि... पुरा पढ्नुहोस

कोरियामा ज्यान गुमाएका शिवको परिवारलाई पोचुर्गलबाट सहयोग

म्याग्दी, २ साउन । रोजगारको शिलशिलामा दक्षिण कोरियामा ज्यान गुमाएका रघुंगगा २ राखु भगवतीका शिब कार्कीको परिवारलाई पोर्चुगलमा रहेका राखुबासीबाट सहयोग जुटेको छ । पोचुर्गलमा रहेका राखुबासीहरुबाट कोरियामा ज्यान गुमाएका कार्कीको परिवारलाई १ लाख ५४ हजार रुपैया सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा पोर्चुगलमा रहेका राुभगवतीबासीहरुको सक्रियतामा कोरियामा ज्यान... पुरा पढ्नुहोस

बेनी–जोससोम सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक

म्याग्दी, २ साउन । बर्खाको समयमा सडक माथिका भिरपाखाबाट पहिरो खस्न सक्ने जोखिम बढेपछि बेनी–जोमसोम सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाईएको छ । बर्षातको कारण कच्ची रुपमा रहेको यस सडकखण्ड अन्तर्गत बेनी देखी अन्नपुर्ण गाउपालिका–३ दानासम्म सडक माथीबाट पहिरो खस्न सक्ने र सवारी साधनमाथी पर्न गई हुन सक्ने मानबिय... पुरा पढ्नुहोस

कालिगण्डकी नदीले मेशिनरी पर्खालको सामान बगाँउदा १५ लाख बराबरको क्षती

म्याग्दी, ०२ साउन । कालिगण्डकी नदीको कटानबाट बस्ती जोगाउन सुरु गरिएको मेशिनरी पर्खालको सामान बगाउदा करिव १५ लाख बराबरको क्षती भएको छ। बस्ती जोगाउन सुरु गरिएको मेशिनरी पर्खालको निर्माण कार्य हुदै गर्दा बर्खासंगै आएको नदीको सतह बढ्दा निर्माण कार्यमा लगाईएको सामान बगाएको थियो । बस्ती नियन्त्रण योजना निमार्ण समयमै सुरु... पुरा पढ्नुहोस

मोना बेल्जियमको अध्यक्षमा योगेन्द्र विश्वकर्मा चयन

म्याग्दी, २ साउन । बेल्जियममा रहेका म्याग्देलिहरुको साझाँ संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा योगेन्द्र विश्वकर्मा चयन हुनुभएको छ । मोना बेल्जियमको पाँचौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको छ । अधिवेशनबाट निवर्तमान अध्यक्षमा चन्द्र कार्की, उपाध्यक्षद्वयमा ज्ञान बहादुर बिक र गणेश भण्डारी निर्वाचित... पुरा पढ्नुहोस

प्रथम नगरसभामा पारित योजनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक

म्याग्दी, २साउन । म्याग्दीको बेनी नगरपालिकाको विभिन्न शिर्षकमा बजेट विनियोजन भएको छ । पुजीगत तर्फ १५ करोड ५८ लाख बजेट मध्य ८ करोड ५० लाख ६ ओटा शिषर्कबाट १० ओटै वडालाई समेटेर बजेट विनियोजन भएको छ । सात करोड बजेट मध्ये बेनी नगरपालिकाका १ देखि १० वडालाई  ५० लाखको दरमा... पुरा पढ्नुहोस

बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने

म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको... पुरा पढ्नुहोस