ताकममा युवा संघ र वाईसीएलको संयुक्त चुनाव प्रचार समिति गठन
- १६ कार्तिक २०७४, बिहीबार
- 3766 पटक पढिएको
म्याग्दी, १६ कात्तिक । धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार युवा संघ र वाईसीएलको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ ।युवा संघका नेता दलमान पुनको अध्यक्षता र माओवादी केन्द्रका नेता देवबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको भेलाले ३२ सदस्यीय संयुक्त युवा परिचालन समिति गठन भएको हो ।
भेलामा वाईसीएलका गाउँपालीका ईञ्चार्ज सबिन रोका, वाईसीएलका गाउँ कमिटि उपाध्यक्ष भेषक पौडेल, अमृत थापा, युवासंघ गाउँ कमिटिका अध्यक्ष प्रकाश केसी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै माओवादी नेता थापाले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनलाई जिताउन घरदैलो र मतदाता भेटघाट अभियान चलाउन तथा चुनावको समयमा हुने अनुचित गतिबिधि नियन्त्रणका लागि तयार रहन आग्रह गर्नुभयो ।