तातोपानीमा भ्रष्ट्राचार नियन्त्रण सम्बन्धि नागरीक शिक्षा
- १७ कार्तिक २०७४, शुक्रबार
- 1643 पटक पढिएको
म्याग्दी, १७ कात्तिक । बेनी नगरपालीका ४ तातोपानीमा बिहीबार भ्रष्ट्राचार नियन्त्रण सम्बन्धि नागरीक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तातोपानी स्थित सरस्वती माविमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा अख्तियारका क्षेत्रीय प्रमुख यदुप्रसाद अधिकारीले नागरीक सचेत र जागरुक भएमा भ्रष्ट्राचार नियन्त्रणमा सघाउ पुग्ने बताए ।्
भ्रष्ट्राचार जन्य कार्य, त्यस्तो कार्यको उजुरी गर्ने र कारबाही प्रक्रिया लगायतका विषयमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दालाई जानकारी गराइएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य नरबहादुर थापाको अध्यक्षता, चन्द्रशेखर सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यालयका प्रहरी नायव उपरिक्षक फडीन्द्र प्रसाईले सहजिकरण गर्नुभएको थियो । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले पनी मन्तब्य व्यक्त गर्नुभएको तातोपानीबाट बिक्रम बुढाथोकीले जानकारी दिए ।