म्याग्दी समाचार

बेनीमा रेडियो पत्रकारीता तथा उदघोषण तालिम सुरु

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सहकारी सञ्चार सहकारीद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम.को आयोजनामा सोमबारदेखि रेडियो पत्रकारीता तथा उदघोषण कला तालिम सुरु भएको छ । एक साता सम्म सञ्चालन हुने तालिमको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा... पुरा पढ्नुहोस

मुदीमा सडक जोड्न सात करोडको आयोजना सुरु

म्याग्दी, १५ जेठ । धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ । मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि... पुरा पढ्नुहोस

बेनीमा गणतन्त्र दिवस मनाइयो

बेनी, १५ जेठ । बेनीमा सोमबार विभिन्न कार्यक्रम गरेर दसौ गणतन्त्र दिवस २०७४ मनाइएको छ ।   वि.स २०६५ जेठ १५ गते संबिधानसभाले नेपालमा गणतन्त्र स्थापना भएको घोषणा गरेको दिनको स्मरण गर्दै दिवस मनाइएको हो । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीमा प्रभातफेरी र समारोह गरीएको छ । जिल्ला... पुरा पढ्नुहोस

वेष्ट पोईन्टको छात्रा फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी

म्याग्दी,१४ जेठ । बेनीको न्यु वेष्ट पोईन्ट आवासिय माविमा आईतबार अन्तर माविकलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । न्यु वेष्ट पोईन्ट आवासीय माविको रजत जयन्ती वर्षको अवसरमा आयोजित प्रतियोगितामा माउन्ट एभरेष्ट बिजयी भएको छ । फाईनलमा न्यु होराईजन बोडीङ स्कुल पर्वत बेनीलाई शून्यका विरुद्ध ३ गोल गर्दै माउन्ट... पुरा पढ्नुहोस

मल्कबाङलाई नमुना र समृद्ध बनाउने काम गर्छु : वडा अध्यक्ष खर्ककुमारी छन्त्याल

म्याग्दी, १४ जेठ । दुर्गम बस्ती । विकासका पूर्वाधारहरुको अभाब । स्रोत साधनको न्युन उपलब्धता । भौगोलिक विकटता । अशिक्षा र गरिबी जस्ता थुप्रै समस्याहरु छन्, मल्कबाङमा । यिनै समस्या र चुनौतीहरुलाई सामना गर्न योजना बुन्दै हुनुहुन्छ, धौलागिरी गाउँपालिका– ५ मल्कबाङकी वडा अध्यक्ष खर्ककुमारी छन्त्याल । वैशाख ३१ गतेको स्थानीय... पुरा पढ्नुहोस

राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक संकलन गर्न आफ्ना पदकहरु विक्रि गर्दै महावीर पुन

म्याग्दी, १४ जेठ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको अभियानमा जुटेका म्याग्दीका महावीर पुनले आफुले विभिन्न क्षेत्रबाट प्राप्त गरेका पदकहरु विक्रि गर्न लाग्नुभएको छ । दुर्गम गाउँबस्तीहरुमा वायरलेस इन्टरनेट विस्तार अभियानका अभियान्ता समेत रहनुभएका पुनले राष्ट्रिय आविष्कार केन्द्रको लागि रकम अभाब भएपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्राप्त गरेका पदकहरु विक्रि गर्न... पुरा पढ्नुहोस

चिप्लीएर लड्दा बन्दुकको गोलीले शिकारीको ज्यान गयो

म्याग्दी, १४ जेठ । अन्नपूर्ण गाउँपालीका ७ महभिरमा बन्दुकको गोली लागेर एक शिकारीको ज्यान गएको छ । हिस्तानको डाँकावन जंगल क्षेत्रमा शनिबार राती शिकार खेल्न गएका मालीका गाउँपालीका २ रुमका ३४ वर्षिय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महभिर... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा बेनी र दरवाङ बजारमा सरसफाई नवनिर्वाचित जनप्रतिनिधी देखि म्यादी प्रहरी समेत सहभागी

बेनी १४ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा आईतबार म्याग्दीको बेनी र दरवाङ बजारको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने मुल समारोह समितको निर्णय अनुसार बेनीमा जिल्ला युवा समिति र दरवाङमा मालीका गाउँपालीका कार्यालयको संयोजनमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा स्थानीय तह... पुरा पढ्नुहोस

स्वर्गिय श्रीमानको स्मृतिमा जिल्ला अस्पताललाई सहयोग

म्याग्दी, १४ जेठ । म्याग्दीको जिल्ला अस्पताललाई यहाँका एक घरपरिवारले सामाग्री हस्तान्तरण गरेका छन् । मगंला गाउँपालिका वडा १ की लिला पुनले स्वर्गिय श्रीमान मनबहादुर पुनको सम्झनामा अस्पताललाई आज रु १२ हजार बराबरको फुडसक्स मेशिन र प्याम्पस हस्तान्तरण गर्नु भएको हो । पुनको एक महिना अघि निधन भएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीका नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता

म्याग्दी १३ जेठ । म्याग्दीका स्थानीय तहमा शनिबार नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता भएको छ । निर्वाचित नगर र गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतदानबाट नगरपालिकामा तीन र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना र निर्वाचित महिला मध्यबाट ४ जना छनौट हुने व्यवस्था छ... पुरा पढ्नुहोस