म्याग्दी समाचार
म्याग्दी महोत्सवमा खुल्ला लोक दोहोरी र रत्यौली प्रतियोगिता हुने
- 7 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०७४, शुक्रबार
म्याग्दी,१५मंसिर । आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा खुल्ला लोकदोहोरी गित प्रतियोगिता प्रमुख आकर्षणको रुपमा रहने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार खुल्ला लोकदोहोरी गित र रत्यौली प्रतियोगिता थप गर्ने निर्णय गरेको छ । यसअघि महोत्सवमा... पुरा पढ्नुहोस
ताकम माविको भवन उद्घाटन
- 7 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०७४, शुक्रबार
म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस
भोलि सार्वजनिक बिदा
- 7 बर्ष, 11 महिना अगाडि
- १४ मंसिर २०७४, बिहीबार
म्याग्दी,१४ मंसिर । सरकारले मंसिर १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरि मुहम्मद सल्ललल्लाहो लैहै वोसलमको जन्मदिनको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । पौष १० गते क्रिसमस डे का दिन सार्वजनिक विदा दिने गृहमन्त्रालयको सूचनामा रहेको छ ।... पुरा पढ्नुहोस
छैटौ म्याग्दी महोत्सवको तयारी सुरु
- 7 बर्ष, 11 महिना अगाडि
- १४ मंसिर २०७४, बिहीबार
म्याग्दी, १३ मंसिर । आगामी पौष २८ गते देखि माघ ७ गतेसम्म हुने छैटौ म्याग्दी महोत्सवमा विविध कार्यक्रमको तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापार मेला २०७४ आयोजना गरिएको हो । संघले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको... पुरा पढ्नुहोस
युवा व्यवसायी भण्डारी र केसीद्धारा ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका युवा व्यवसायी हरि भण्डारी र रिम कटुवाल (केसी)ले वडा नम्बर ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहयोग गर्नुभएको छ । बेनीमा रारा अटोमोवाईल्स सञ्चालन गर्दै आउनुभएका भण्डारी र केसीले ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहित खेलकुद पोशाक सहयोग गर्नुभएको हो । उहाँहरुले एक दर्जन खेलकुृद जर्सी... पुरा पढ्नुहोस
शिखको पाखा भुमेथान, जहाँ पुजा गर्न महिलालाई निषेध हुन्छ ! (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७४, मंगलवार
म्याग्दी, १२ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउपालिका वडा न ५ शिखमा रहेको पाखा भुमे थानमा मंगलवार पुजा गरिएको छ । प्रत्येक उजेलिको मंगलबार पुजा हुने यस थानमा पुजा गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ । यस थानमा स्थानीयबासीले मंगलवार बोका, कुखुराको भाले, पोथिले बली दिएर पुजा गरेका हुन् ।... पुरा पढ्नुहोस
छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको लेक लागेर मृत्यू
- 7 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७४, मंगलवार
मुस्ताङ, १२ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदानकेन्द्रमा खटिएका एक कर्मचारीको अत्यधिक चिसो र लेक लागेर मंगलबार मृत्यू भएको छ । यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो ।गोलाप्रथाबाट... पुरा पढ्नुहोस
म्याग्दीमा खसेको झण्डै ६३ प्रतिशत मत ! कुन बुथबाट कती मतदान भयो, हेरौँ (सुचिसहित)
- 7 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७४, मंगलवार
म्याग्दी, १२ मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीमा करिब ६३ प्रतिशत मात्रै मत खसेको छ । जिल्लाको ४५ वटा वटामा गरिएको मतदानमा जिल्लामा कुल मतदाता ७५ हजार ५३७ जनामध्ये ४७ हजार ४४९ जनाले मतदानमा सहभागीता जनाएका हुन् । खसेको मत मध्ये २६ हजार ३१८ महिला र... पुरा पढ्नुहोस
गरीमाको भुरुङ तातोपानी शाखा पोखरेबगरमा स्थानान्तरण
- 7 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७४, मंगलवार
बेनी १२ मंसिर । गरिमा विकास बैङ्कको म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानी बजारमा रहेको शाखा सोमबार सोही गाउपालीकाको केन्द्र पोखरेबगरमा स्थानान्तरण भएको छ । वि.स २०६७ देखि भुरुङ तातोपानीबाट वित्तिय सेवा दिदै आएको बैङ्कले संघिय व्यवस्थाको नयाँ संरचना अनुसार गाउपालीकाका सबै बासिन्दालाई समेट्ने गरी पोखरेबगरमा शाखा स्थानान्तरण गरेको हो... पुरा पढ्नुहोस
सबै मतदान केन्द्रको मतपेटिका बेनीमाः गुर्जाको मतपेटिका हेलिकप्टरबाट
- 7 बर्ष, 11 महिना अगाडि
- ११ मंसिर २०७४, सोमबार
म्याग्दी, ११ मंसिर । म्याग्दीको सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालय बेनीमा ल्याएको छ । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दुरिमा रहेको धौलागिरि गाउँपालिका १ र्गुजाको मतपेटिका हेलिकप्टरबाट सोमबार विहान बेनी ल्याएको हो । जिल्लाको भौगोलिक रुपमा विगट मानिने गुर्जाको मतेपेटिका ल्याउन यातायातको पहुच नपुग्नु, सुरक्षा चुनौतीका कारण मतपेटिका ल्याउन... पुरा पढ्नुहोस