म्याग्दी समाचार
“जहाज चढी” मौलिक सालैजो बजारमा (भिडियो)
- 7 बर्ष, 7 महिना अगाडि
- २७ असार २०७५, बुधबार
म्याग्दी , २६ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ जन्मिएकी गायीका विष्णु जुग्जालीको प्रस्तुती, बेनी नगरपालिका ४ डाडाँखेतमा जन्मिएका गायक जिवन परियार लय तथा शब्दमा रहेकोे जहाजै चढी सालैजो गित बजारमा आएको छ । गितमा जुग्जाली र परियारको स्वर रहेको छ । सुमन थापा मगरको निर्देशनमा गरिएको गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस
बेनी– जोमसोम कोरला सडक आयोजनाको काम सन्तोषजनक छैन्ः मुख्मन्त्री गुरुङ
- 7 बर्ष, 7 महिना अगाडि
- २६ असार २०७५, मंगलवार
म्याग्दी, २६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेशमा संचालन भएका राष्ट्रिय गौरवका योजना मध्यको बेनी– जोमसोम कोरला सडकको काम सन्तोष जनक नभएको बताएका छन् । मुस्ताङ पुगेर आएका मुख्यमन्त्री गुरुङले प्रदेशको लाईफ लाईन कोरला सडकको स्तोरन्नतीको स्थलगत अनुगमन गरेपछि बेनीे गलेश्वरमा भएको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस
क्याम्पस चोक माथि खैरेनीमा जमिन र घर चर्कियो, अनेरास्ववियु र प्रहरीले माटो हटाय
- 7 बर्ष, 7 महिना अगाडि
- २६ असार २०७५, मंगलवार
म्याग्दी, २६ असार । म्याग्दीको सदरमुकाम बेनपा ८ मा रहेको क्याम्पस चोक देखि माथि को भिरालो पाखा खोरियामा बर्षात का कारण जमिन बग्न थालेको छ । बर्खा याम सुरु भए सँगै पानि परेपछी घरमाथि माटो आउनुको साथै घर चर्किएको छ । धौवलागिरी गाँउपालिका ६ मराङ्गबाट सरेर खोरीयामा घर बनाएर बसेका... पुरा पढ्नुहोस
बेगमा पदमार्ग निर्माण (फाटोफिचर )
- 7 बर्ष, 7 महिना अगाडि
- २६ असार २०७५, मंगलवार
म्याग्दी, २६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने नेपालकै अग्लो र लामो झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्कि पदमार्ग निर्माण गरिएको हो । झोलुङ्गे पुल रहेको काउँले देखि ठुलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजना अन्र्तगत यस बर्ष... पुरा पढ्नुहोस
क्याम्पसचोकको बाढी नियन्त्रणका लागि खोल्सामा ग्याविनको छेकबाँध निर्माण
- 7 बर्ष, 7 महिना अगाडि
- २६ असार २०७५, मंगलवार
बेनी २६ असार । बेनी नगरपालीका ८ स्थित क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण भएको छ । पाखोको खोल्साबाट आउने बाढीका कारण क्याम्पसचोकमा बर्षेनी हुदै आएको डुवान र बाढीको समस्या समाधानका लागि बेनी नगरपालीकाले छेकबाँध निर्माण गरेको हो । बजार माथिको पाखो भएर बग्ने खोल्सामा यस वर्ष... पुरा पढ्नुहोस
नीतिको प्रभावकारी कार्यान्वयनको लागि बेनी नगरपालिकामा ज्ञापनपत्र
- 7 बर्ष, 7 महिना अगाडि
- २६ असार २०७५, मंगलवार
म्याग्दी, २६ असार । अन्तर धार्मिक संजाल म्याग्दीले समाज रहेको परम्परागत महिलाहिशां, बालविवाह, हानिकारक परम्परागत अभ्यास र लैङ्गिक विभेद विरुद्ध बनेका नीतिहरुलाई प्रभावकारी कार्यान्वयनको माग गर्दै बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महिला हिसां विरद्ध अन्तर धार्मिक राष्ट्रिय संजाल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद शर्मा आचार्यको टोलीले नगरपालिकाकी उप–मेयर सञ्जु बरुवाललाई ज्ञापनपत्र... पुरा पढ्नुहोस
म्याग्दीका तीनजना युवालाई उत्कृष्ट युवा सम्मान
- 7 बर्ष, 7 महिना अगाडि
- २६ असार २०७५, मंगलवार
म्याग्दी, २५ असार । ‘समृद्ध नेपालका लागि, स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नारासहित सोमबार म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला युवा समितिको आयोजनामा युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ । युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । म्याग्दी जिल्लामा क्रियाशिल युवाहरुमध्येबाट छनोट गरेर विभिन्न... पुरा पढ्नुहोस
रघुगंगामा पर्यटन गुरुयोजना तयार
- 7 बर्ष, 7 महिना अगाडि
- २५ असार २०७५, सोमबार
म्याग्दी, २५ असार । रघुगंगा गाउँपालिकाले प्रसिद्ध दुई धार्मिकस्थल गलेश्वरधाम र ऋखार क्षेत्र जोड्ने पदमार्गलाई उच्च प्राथामिकता दिदै पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशील नेपालको सहकार्यमा पर्यटन विज्ञ सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको हो । गुरुयोजनाले पाँच बर्षभित्र पर्यटनको क्षेत्रमा गर्न सकिने संभावनाको विषय उजागर गरेको... पुरा पढ्नुहोस
रुमबासीको पिडाः ‘सडक निर्माणको ऋणले लालपुर्जा बन्धक’
- 7 बर्ष, 7 महिना अगाडि
- २५ असार २०७५, सोमबार
म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रन बहादुर हर्मेललाई हिजोआज दिनमा भोक र रातमा निन्द्रा हराएको छ । दुर्गम गाउँ रुममा सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिलाई वित्तिय संस्थाबाट ऋण लिने प्रयोजनको लागि आफ्नो लालपुर्जा दिएका हर्मेलको चार बर्षसम्म पनि आफ्नो लालपुर्जा फिर्ता नभएपछि समस्यामा परेका हुन्... पुरा पढ्नुहोस
जलाधार व्यवस्थापन कार्यक्रम मार्फत नौ ठाउँमा पहिरो नियन्त्रण
- 7 बर्ष, 7 महिना अगाडि
- २५ असार २०७५, सोमबार
बेनी २५ असार । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीले सञ्चालन गरेको विद्युत जलाशय क्षेत्रको एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीमा नौ वटा योजना तथा कार्यक्रम भएका छन् । कार्यालयले सोमबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा जलविद्युत आयोजनाको दिगोपनाका लागि प्रभावीत क्षेत्रमा पानीको स्रोत संरक्षण, भुक्षय र पहिरो रोकथाम... पुरा पढ्नुहोस