म्याग्दी समाचार

दरवाङमा लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण

म्याग्दी, २४ जेठ । मालिका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण... पुरा पढ्नुहोस

इन्टरनेटमा पहुँच बढाउन शिक्षकहरुलाई आइसिटीसम्बन्धी तालिम

म्याग्दी, २४ जेठ ।  इन्टरनेटमाथि पहुँच बढाउन तथा कक्षाकोठामा सूचना र प्रविधिको प्रयोग गर्ने उद्देश्यले बिहीबारदेखि म्याग्दीमा सूचना, सुञ्चार तथा प्रविधि (आइसिटी) सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा विद्यालय शिक्षकहरुका लागि बेनी सामुदायिक माविमा आइसिटीसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विकास... पुरा पढ्नुहोस

प्रकाश माविमा शिक्षक अभिभावक संघ गठन

म्याग्दी, २४ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयमा बिहीबार सम्पन्न अभिभावकहरुको भेलाले सुवर्ण रिजालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यहरुमा कृष्णबहादुर हमाल, मायादेवी राजभण्डारी, लक्ष्मी जोशी, मनिषा पुन, शान्ति छन्त्याल, मनमाया गर्बुजा, पूर्णबहादुर रोका र डेगबहादुर कार्की चयन भएका छन् । भेलालाई सम्बोधन... पुरा पढ्नुहोस

पात्लेखेतमा उत्कृष्ट कृषक पुरस्कृत

पात्लेखेत, २४ जेठ । बेनी नगरपालीका १० पात्लेखेतका उत्कृष्ट कृषकहरुलाई बिहीबार पुरस्कृत गरिएको छ । वडा कार्यालयले वि.स २०७४ मा कृषि र पशुपालनको विभिन्न बिधामा उत्कृष्ट काम गर्ने पाँच जना कृषक छनौट गरेर पाँच हजार रुपैयाका दरले नगद सहित पुरस्कृत गरिएको हो । २०७४ चैत १३ गते बसेको छनौट समितिको... पुरा पढ्नुहोस

जनप्रतिनिधिको आगमनले विकास निर्माणमा तिब्रता, असारे विकासको अन्त्य !

म्याग्दी, २४ जेठ । म्याग्दीमा स्थानीय सरकारबाट कार्यान्वयनमा आएका विकास निर्माण योजनाहरुको कामले गति लिएको छ । विगतका बर्षहरुमा असार महिनामा बजेट सक्नको लागि अधिकाँश पूर्वाधार निर्माण योजनाका कामहरु सम्पन्न हुने गरेको भएपनि यो बर्ष भने जिल्लामा सञ्चालनमा रहेका पूर्वाधार निर्माणका योजनाहरुको प्रगती सुधारोन्मुख देखिएको छ । विगतमा हुने गरेको... पुरा पढ्नुहोस

मल्कबाङ्गको जनजागृति माविमा रु १ लाख ७५ हजारको अक्षयकोष स्थापना

म्याग्दी, २४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङ्गमा रहेको जनजागृति माध्यमिक विद्यालयमा रु १ लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा हरेक बर्ष उत्कृष्ट अंक ल्याएर उर्तिण हुने विद्यार्थिहरुलाई पुरस्कृत गर्ने उदेश्यले उक्त अक्षयकोषको स्थापना गरिएको हो । उक्त अक्षयकोषमा विद्यालयका पूर्व अध्यक्ष सुवेदार तुल बहादुर घ्याप्चन छन्त्यालले... पुरा पढ्नुहोस

बनौमा क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न

बेनी २४ जेठ । जलजला गाउँपालीका ९ बनौमा बिहीबार क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न भएको छ । गरिब संग विश्वेश्वर कार्यक्रमको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालीममा बनौका जनप्रतिनिधि र छ वटा समूहका सचिव र कोषाध्यक्षको सहभागीता रहेको थियो । तालीमको जलजला गाउँपालीकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले सहजिकरण गर्नुभएको थियो... पुरा पढ्नुहोस

म्याग्दीमा नसर्ने रोग न्युनीकरणका लागि कार्यक्रम सुरु

बेनी २४ जेठ । ६० प्रतिशत नेपालीको मृत्युको कारण बनेको नसर्ने रोग न्युनीकरणका लागि जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले कार्यक्रम सुरु गरेको छ । बेनीमा बिहीबार आयोजित कार्यक्रममा जिल्लाका सबै स्वास्थ्य संस्थामा नसर्ने रोगको पहिचान र निदानका उपायका विषयमा कार्यक्रम सञ्चालन गर्न लागीएको जानकारी गराइएको हो । स्वास्थ्य संस्थामा नसर्ने रोग... पुरा पढ्नुहोस

फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब... पुरा पढ्नुहोस

शिशु कल्याण माविको स्वर्ण जयन्तीको अवसरमा रु १२ लाख बढी चन्दा संकलन

म्याग्दी, २३ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाइएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० देखि २२ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाईएको हो । विद्यालयको स्वर्ण जयन्तीको... पुरा पढ्नुहोस