म्याग्दी समाचार

म्याग्दी जेसीजलाई मोना जापानको स्वागत सम्मान

सन्दीप खत्री म्याग्दी जेसीजको प्रतिनिधित्व गरेर जापान पुगेका शाखा अध्यक्ष कमल विश्वकर्मा र कार्यकारीणी उपाध्यक्ष भरत रकाललाई मोना जापानले स्वागत तथा सम्मान गरेको छ । प्रवासी म्याग्देलीहरुको साझा संगठन मोना जापानले आईतबार जेसीजको एसिया प्यासिफिकमा सहभागीता जनाउन गएका विश्वकर्मा र रकाललाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका... पुरा पढ्नुहोस

सिंगामा बाख्रा पैचो कार्यक्रम सुरु

बेनी १३ जेठ । बेनी नगरपालीका ४ सिंगामा बाख्रा पैचो कार्यक्रम सुरु भएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत सिंगालाई मासु उत्पादनको पकेट क्षेत्र बनाउन वडा कार्यालय मार्फत बाख्रा पैचो कार्यक्रम सञ्चालन भएको हो । बाख्रा पैचो कार्यक्रम अन्तरगत आईतबार १५ जना कृषकहरुलाई एकएक वटाका दरले उन्नत... पुरा पढ्नुहोस

जलजलाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमत्ता अभिवृद्धी तालीम

बेनी १३ जेठ । पर्वत बेनीमा आईतबार देखि जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ । जिल्ला समन्वय समिति पर्वतको संयोजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको तिन दिने तालीममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धि... पुरा पढ्नुहोस

कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार आचार्यलाई प्रदान (फोटो फिचर)

म्याग्दी, १३ जेठ । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । १६ औ कृष्ण सेन स्मृती दिवसको अवसरमा आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद रु ५ हजार सहित सम्मानपत्र र... पुरा पढ्नुहोस

घुम्ती शिवीरबाट एक हजार जना लाभान्वित

म्याग्दी, १२ जेठ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार एकिकृत घुम्ती शिवीर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा सम्पन्न शिवीरमा एक हजार जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । प्रशासन कार्यालयको टोलीले २०१ जनालाई नयाँ र १३ जनालाई प्रतिलिपी नागरीकता वितरण गरेको सहायक... पुरा पढ्नुहोस

आगलागी पिडित भण्डारी परिवारलाई साँसद केसिको पहलमा राहत वितरण

म्याग्दी, १२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पिडित एक घरपरिवारलाई रु ४० हजार बराबरको राहत वितरण गरिएको छ । म्याग्दीका प्रदेश सभा साँसद विनोद केसीको पहलमा सहयोग जुटाएर आगलागी पिडित जगिन्द्र भण्डारीको परिवारलाई राहत उपलब्ध गराइएको हो । विधुत सट भएर घरमा रु २५ लाख बराबरको क्षती व्यहोरेका... पुरा पढ्नुहोस

हङकङमै अस्ताइन् बावियाचौर सल्यानकी बोहोरा ! पार्थिब शरिर नेपाल पठाईयो

म्याग्दी, १२ जेठ । रोजगारिको शिलसिलामा हङकङमा पुगेकी एक म्याग्देली चेलीको निधन भएको छ । स्तन क्यान्सरबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षत्रीको उपचारकै क्रममा हङकङमा मृत्यु भएको हो । ६ बर्ष अगाडी हङकङ पुगेकी बोहोरा क्षेत्री विगत दुईबर्ष देखी स्तनक्यान्सरबाट पिडित भएकी थिइन् । हङकङमा रहेका म्याग्देलीहरुको... पुरा पढ्नुहोस

अमर माविमा कम्प्युटर कक्षा स्थापना ( फाेटाेफिचर)

पाखापानी १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो । गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा... पुरा पढ्नुहोस

चट्याङ लागेर घारमा एक जनाको मृत्यु

म्याग्दी १२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । साँझ पाँच बजेतिर गोठमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको घारको नेयालपानेका ५५ वर्षिय प्रेमबहादुर बरुवालको उपचारको क्रममा मृत्यु भएको शिख घार प्रहरी चौकीका प्रमुख दिपक क्षेत्रीले बताउनुभयो ।... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालीका–७ मंगलघाटका एक दम्पतिले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर नेपाल बाल संगठन म्याग्दीलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो छोरी उन्नति फगामीको जन्मदिनको अवसर पारेर बालगृहमा गौमाया फगामी र रमेश फगामीले १० हजार बराबरको चामल, दाल, तेल, चाउचाउ, चिनी लगाएतका सहयोग गरेका हुन ।... पुरा पढ्नुहोस