म्याग्दी समाचार

नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन म्याग्दी शिख, २६ माघ अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका भुपेन्द्र खड्काको घर मिति २०७५/१०/११ का दिनमा विद्युत सर्ट भएर आगो लाग्न गई पूरै घर ध्वस्त भएको थियो । त्यसमा जनको क्षती नभए पनि धनको भने निकै क्षती भएको थियो तर कति क्षती भयो भनेर बाहिर आएको... पुरा पढ्नुहोस

नगरपालिका क्षेत्रमा पनि हिमपात, धाराको पानी जम्यो, गाउँलेलाई समस्या

म्याग्दी, २६ माघ । म्याग्दी जिल्लाको तल्लो क्षेत्रमा पनि अहिले बिहानदेखि बाख्लो हिमपात भएको छ । अत्यधिक चिसोका कारण पानी जमेपछि धाराहरुमा पानी आएको छैन । विहान धारको पानी समेत जमेपछि स्थानीयलाई समस्या भएको छ । म्याग्दीको उपल्लो क्षेत्रमा पर्ने गुर्जा,मुदी,मुना, खोप्रा, घोडेपानी,पुनहिल लगाएतका क्षेत्रमा विहीवार साँझदेखिनै हिमपात भएपनि बेनी... पुरा पढ्नुहोस

जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला

म्याग्दी, २५ माघ ।  जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना... पुरा पढ्नुहोस

आइएमई लाइफ ईन्स्योरेन्सको अभिकर्तालाई अभिमुखीकरण

प्रताप बानियाँ म्याग्दी, माघ २४ । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड म्याग्दी शाखाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘बचत सुरक्षा र लगानीका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित कम्पनीका अभिकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रवन्धक आशिष सिंहले... पुरा पढ्नुहोस

दिदिबहिनी सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान र मुठ्ठीदान

सन्तोष गौतम बेनी २४ माघ । बेनीमा महिलाहरुद्धारा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार विभिन्न कार्यक्रम गरेर सातौ स्थापना दिवस मनाएको छ । रक्तदान र मुठ्ठिदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो । नेपाल रेडक्रस सोसाइटी बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र र बेनी अस्पतालको प्राबिधिक सहयोगमा... पुरा पढ्नुहोस

कालीगण्डकीमा जिप खसालेका खड्कालाई युवतीको हत्या गरेको ठहर, सर्वस्वसहित जन्मकैद

म्याग्दी, २४ माघ । जिल्ला अदालत म्याग्दीले सात महीनाअघि कालीगण्डकी नदीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित... पुरा पढ्नुहोस

शैक्षिक संस्था बन्द गराउँदै हिँडेका विप्लवका दुई विद्यार्थी नेता पक्राउ

म्याग्दी, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार देशभरिका शिक्षण संस्था बन्द आह्वान गरेको र म्याग्दीमा समेत शैक्षिक संस्था बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका जिल्ला सचिब रोहित विक र सुसन... पुरा पढ्नुहोस

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

बेनी २४ माघ । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र कलमका साथै विपन्न विद्यार्थी... पुरा पढ्नुहोस

बाख्रापालक कृषक संघको अध्यक्षमा पुन चयन

बेनी २३ माघ । म्याग्दीका बाख्रापालक कृषकहरु आवद्ध बाख्रापालक कृषक संघको अध्यक्षमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीका वुद्धीबहादुर पुन चयन हुनुभएको छ । संघको बुधबार बेनीमा भएको दोस्रो अधिवेशनबाट संघको उपाध्यक्षमा तोरीपानीका आनन्द रिजाल, महासचिवमा नरबहादुर थापा, कोषाध्यक्षमा पूर्णबहादुर पाइजा र सचिवमा रश्मी भण्डारी कुँवर चयन हुनुभएको छ । यसैगरी... पुरा पढ्नुहोस

बावियाचौरमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित

म्याग्दी, २४ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परिक्षण... पुरा पढ्नुहोस