लिटल गार्डेनद्वारा बालजागृतिका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

  • २५ मंसिर २०७९, आईतवार
  • 545 पटक पढिएको

 

बेनी, २५ मंसिर । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले बालजागृति आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा आइतवार बालजागृति आधारभूतमा अध्ययनरत फरक क्षमता भएका १९ जना विद्याथीहरुलाई १७ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

लिटल गार्डेनको जु.रे.स. एवम् बाल क्लवको आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्रीन्सिपल दिपक सुवेदी, अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्र गौतम र शिक्षक प्रेम जिसीले सामग्री वितरण गरेका थिए ।

विद्यालयको १९ औँ वार्षिक उत्सवकाे अवसरमा  वौद्धिक अपांगता भएका विद्याथीहरुलाई सहयोग प्रदान गरिएको विद्यालयका प्रीन्सिपल सुवेदीले बताए । जाडोको समयमा न्यानो पोसाक तथा शैक्षिक सामग्री समेत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेकामा बालजागृति आधारभूतका प्रधानाध्यापक धन बहादुर क्षत्रीले विद्यालयका जुरेस र बाल क्लवलाई आभार प्रकट गरेका थिए ।

कार्यक्रम लिटल गार्डेन एकेडेमी अन्तर्गत बाल क्लवका अध्यक्ष प्रीन्सी बास्तोलाको अध्यक्षता, शिक्षक प्रेम जिसीको संचालनमा सम्पन्न भएको थियो । लिटल गार्डेन एकेडेमीले अध्ययन संगै विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि संचालन गर्दै आईरहेको छ ।