म्याग्दी समाचार

पर्यटकलाई लोभ्याउने ‘नारच्याङ’ झरना

म्याग्दी, २७ माघ। अग्लो र भिरालो पहाड। पहाडको टुप्पोबाट बग्ने झरना। त्यहीँ भिर तथा पहराको सहारामा बगेको झरनाको चिसो पानी । अन्नपूर्ण र निलगिरी हिमालको काखँमा रहेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्यटक लोभ्याउने आकर्षक ‘नारच्याङ’ झरना पर्छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरना... पुरा पढ्नुहोस

राष्ट्रिय परिचयपत्र बनाउदै १०१ वर्षीया वृद्धा

म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै १०१ वर्षीया भद्रकुमारी श्रेष्ठ । बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालित घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो लागेको छ । तस्बिर  रासस पुरा पढ्नुहोस

दुर्गम गाउँ पात्लेखर्कमा खेलमैदान निर्माण

बेनी, २७ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा सुविधासम्पन्न खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक बर्ष २०७९÷०८० मा रघुगंगा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदान समेत जुटाएर भलिबल र बास्केटवलको कोर्ट ढलान... पुरा पढ्नुहोस

म्याग्दीमा पहिलो पटक बेनी नगरपालिकामा ‘नगर प्रहरी’ भर्ना

म्याग्दी, २६ माघ । म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक आफ्नै नगर प्रहरी भर्ना गरेको छ । स्थानीय तहले आफ्नै छुट्टै गाउँ तथा नगर प्रहरी भर्ना गर्न पाउने अधिकार अन्तरगत बेनी नगरपालिकाले कार्यविधि निर्माण गरि नगर प्रहरी भर्ना गरेको हो । नगरपालिकाले यही माघ १९ गते नियुक्त गरेका तीन जना... पुरा पढ्नुहोस

म्याग्दी पात्लेखेतका रविन तनहुँको आँबुखैरेनीबाट पक्राउ

  तनहुँ २५ माघ । जिल्ला प्रहरी कार्यालय तनहुँले ठूलो मात्रामा लागुऔषधसहित म्याग्दीका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नं। १० पात्लेखेतका २२ वर्षीय रविन किसन रहेका छन् । मंगलबार दिउसो भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना५ख ४९६७ नम्बरको यात्रुवाहक बसलाई अस्थायी प्रहरी पोस्ट मुग्लिङ्ग... पुरा पढ्नुहोस

जीर्ण बन्यो बागलुङ-बेनी सडक

म्याग्दी २६ माघ । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ । बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको... पुरा पढ्नुहोस

विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

म्याग्दी, २६ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ तिप्ल्याङ, २ भगवती, ७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । किशोरी शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको हो । किशोरी शिक्षा कार्यक्रमअन्तर्गत रघुगंगा गाउँपालिका– १ कालिका मावि तिप्ल्याङमा, महादेव मावि र मुक्तिधाम माविका विद्यार्थीहरुलाई राखु... पुरा पढ्नुहोस

जलजलामा युवाहरुले गरे नमूना गाउँसभाको अभ्यास

  जलजला, २६ माघ । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको... पुरा पढ्नुहोस

पहाड काटेर सडक विस्तार गरिँदै (तस्बिर)

बेनी, २५ माघ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका–२ बावियाचौर स्थित पहाड काटेर सडक विस्तार गरिँदै । कालोपत्रे सहित स्तरोन्नती गर्नका लागि सडकको ट्याक साँघुरो भएपछि अक्करे भिरलाई काटेर सडकलाई फराकिलो बनाउन लागिएको हो । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

दुर्गम बस्ती मलम्पार सडक सञ्जालले जोडियो

बेनी २५ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गम बस्ती मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो बर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यस बर्ष विस्तार गरि मलम्पार बस्तीमा पु¥याइएको हो । सडक निर्माणका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु... पुरा पढ्नुहोस