गणतन्त्र दिवसको अवसर फुटबल प्रतियोगितामा

  • १६ जेष्ठ २०८०, मंगलवार
  • 321 पटक पढिएको

 

म्याग्दी १६ जेठ । १६ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ ।

जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई दुईको विरुद्ध पाँच गोल गरि उपाधी जित्न सफल भएको हो ।

प्रतियोगितामा विजयी विद्यालयलाई रु २० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । यसैगरी उपविजेता बनेको हेम माविलाई रु १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा के.वि एकेडेमीमा सञ्जोक रोका उत्कृष्ट गोल रक्षक, हेम मावि सिवाङका विपिन पुनलाई सर्वाधिक गोलकर्ता घोषित गर्दै मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

विजयी खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल विमल शर्मा र संचालक निर्देशक हिरा पुनले पुरस्कार वितरण गर्नुभयो ।