म्याग्दी समाचार

अनेमसंघ बेनपाको कार्यकर्तालाई प्रशिक्षण सुरु

  म्याग्दी, ११ साउन । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको आयोजनामा आज (बुधवार)देखि सदरमुकाम बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक

  म्याग्दी, ११ साउन । म्याग्दीको मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाईएको छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बुधबार सामािजक सञ्जाल सञ्चालन सम्वन्धमा सूचना जारी गर्दै गाउँ कार्यपालिका कार्यालय, स्वास्थ्य केन्द्र र एकाईका सबै कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ईस्टाग्राम, टिकटक, लगायतको सामाजिक सञ्जाल... पुरा पढ्नुहोस

म्याग्दीमा छ हजार नागरिकता वितरण

म्याग्दी १० साउन । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक... पुरा पढ्नुहोस

म्याग्दीका पाँच हजार बढी घरधुरीमा खानेपानीको सुविधा विस्तार

बेनी, १० साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा ‘एक घर एक धारा’ खानेपानीको सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले सुरुवात गरेको हरेक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने अभियान अन्तरगत हालसम्म पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानी पुर्याइएको हो । खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दी... पुरा पढ्नुहोस

जब कृषकले गाउँपालिका परिसरमै सुन्तलाका विरुवा राखेर विरोध गरे……

बेनी, १० साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका युवा कृषक बालकृष्ण कटुवाल यस क्षेत्रमा व्यावसायिक सुन्तला खेतीको सुरुवात गर्ने युवा कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले सुन्तलाको खेती संगै सुन्तलाका विरुवा उत्पादनका लागि ‘भगवती सुन्तला कृषि फर्म’ स्थापना गर्नुभएको छ । कटुवालको फर्ममा करिब ४५ हजार सुन्तलाका विरुवा उत्पादन भएका छन्... पुरा पढ्नुहोस

गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव

म्याग्दी, ९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीमा एक वर्षको अवधिमा ७७० घरधुरीमा विद्युत् सुविधा विस्तार

म्याग्दी ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र... पुरा पढ्नुहोस

पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी

म्याग्दी ९ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो... पुरा पढ्नुहोस

प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित

म्याग्दी ९ साउन । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित हुनुभएको छ । हेटौडामा सम्पन्न ९ औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै शर्मा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जनाको कोटामा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।... पुरा पढ्नुहोस

जेमका १०० घरमा सोलार जडान

म्याग्दी ८ साउन ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका–२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो । कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत... पुरा पढ्नुहोस