म्याग्दी समाचार

सङ्घीयताले रोक्न सकेन बसाइँसराई

  म्याग्दी, ३० चैत । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजनाहरु गाउँ गाउँमा भित्रदा समेत बसाइँसराई बढ्दो क्रममा देखिएको छ । स्थानीय तहहरु कार्यान्वयनमा आएसंगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिचाई, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका पूर्वाधारहरु निर्माण हुने क्रम... पुरा पढ्नुहोस

ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ तिलकिनीमा अवस्थित ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन गरेको रु १० लाख बजेटबाट उक्त उद्यान निर्माण गरिएको हो । मन्दिर परिसरमा अप्ठ्यारो... पुरा पढ्नुहोस

बैशाख १ गते लामो झोलुङ्गे पुल र महादेव माविको भवनको उद्घाटन गरिने

म्याग्दी , ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका-१,बेगखोलामा निर्मित लामो र अग्लो झोलुङ्गे पुल र महादेव माविको पुननिर्मित भवनको नयाँ बर्षको दिन उद्घाटन गरिने भएको छ । बेग र बाँदुक गाउँ जोड्ने लम्वाई ३ सय ६५ दशमलब ८० मिटर छ भने अग्लो खोलादेखि १ सय ४८ मिटर पुल बैशाख १... पुरा पढ्नुहोस

मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट

बेनी ३० चैत । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो... पुरा पढ्नुहोस

बगरफाँटमा फुटबल प्रतियोगिता शुरु

  म्याग्दी २८ चैत । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

हावाहुरीले जनआदर्श आधारभुत विद्यालयको छानो उडायो

बेनी, २८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा रहेको जनआदर्श आधारभुत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । मंगलवार दिउँसो आएको हावाहुरीले विद्यालयको कक्षा ४ र ५ को कक्षा कोठा रहेको भवनको छानो पूर्ण रुपमा उडाएको हो । हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अर्का... पुरा पढ्नुहोस

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

  म्याग्दी, २७ चैत । अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो ।... पुरा पढ्नुहोस

रेडक्रस भगवती उपशाखाको अध्यक्षमा केसी

  म्याग्दी, २७ चैत । नेपाल रेडक्रस सोसाइटी राखु भगवती उपशाखाको सभापतिमा एकेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ। रघुगंगा गाउँपालिका– २ राखु भगवती उपशाखाको कार्यालयमा सोमबार भएको १२ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले पुन केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। अधिवेशनले उपशाखाको उपसभापतिमा गीता बरुवाल, सचिवमा सुरेश थापा,... पुरा पढ्नुहोस

अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी

  बेनी, २७ चैत । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, उपाध्यक्षमा जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा... पुरा पढ्नुहोस

विउविजन विक्रि पसल अनुगमन

  बेनी, २७ चैत । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो ।   पर्वतको कुश्मा... पुरा पढ्नुहोस