गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम

  • २९ जेष्ठ २०८०, सोमबार
  • 271 पटक पढिएको

 

बेनी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम गरिएको छ। दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो ।

भौगोलिक रुपमा एक दिनको पैदलयात्रामा पुगिने वडानम्वर १ गुर्जामा पुगेर गाउँपालिका अध्यक्ष पुनले सो कार्यक्रम गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई घरदैलोमै पुगेर औषधी उपचारको ब्यवस्था मिलाउने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।


कार्यक्रम मार्फत सबै वडा र बस्तीबाट नियमित औषधी सेवन गरिरहेका दिर्घरोगीहरुको विवरण संकलन गरिएको छ। नियमित औषधी सेवन गर्ने विवरण संकलन गरेर सात वटै वडामा घरभेट गर्ने कार्यक्रम अनुसार वडानम्वर १ गुर्जामा दिर्घरोगीहरुसंग भेटघाट गरिएको हो ।


यसअघि अन्य पाँचवटा वडामा कार्यक्रम गरिएको थियो । गुर्जामा ६ जना दिर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताउनुभयो । वडानम्वर २ लुलाङमा कार्यक्रम गर्न बाँकी छ ।

सबै वडामा दिर्घरोगीले सेवन गर्ने औषधीको विवरण संकलन गरेर औषधी उपलब्ध गराउने योजना गाउँपालिकाको रहेको छ ।
दिर्घरोगीसंग अध्यक्ष कार्यक्रम अन्तरग धवलागिरी गाउँपालिकामा चालू आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरेको छ।