म्याग्दी समाचार
बेनी बजार क्षेत्रको अनावश्यक तारहरु हटाउन सुरु
- 2 बर्ष, 5 महिना अगाडि
- ७ चैत्र २०७९, मंगलवार
म्याग्दी, ७ चैत । बेनी नगरपालिकाले बेनी बजारलाई ब्यवस्थित बनाउने अभियान सुरु गरेको छ। बेनी नगरले नेपाल विद्युत प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासंग समन्वय गरेर बजार क्षेत्रका विजुली पोलको अनावश्यक तारहरु हटाउने अभियान सुरु गरेको हो । विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका तारहरुले बजारको सौन्दर्य... पुरा पढ्नुहोस
मुना स्मृति अक्षयकोषद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 2 बर्ष, 5 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
पर्वत, ६चैत । जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र उहाँको धर्मपत्नी... पुरा पढ्नुहोस
उपाधीका लागि फाईनलमा कालीपुल युनाईटेड र पश्चिम म्याग्दी भिड्ने
- 2 बर्ष, 5 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।... पुरा पढ्नुहोस
किसानलाई अनुदानमा सहज वातावरण बनाउन राप्रपाको माग
- 2 बर्ष, 5 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
म्याग्दी, ६चैत्र । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान... पुरा पढ्नुहोस
बेनीमा सोमबार दलित आन्दोलन सम्वन्धी अन्तरक्रिया हुने
- 2 बर्ष, 5 महिना अगाडि
- ६ चैत्र २०७९, सोमबार
बेनी, ६ चैत। चैत ७ गते (सोमबार) बेनीमा “५८ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस” ‘२१ मार्च’ को अवसरमा दलित आन्दोलन सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ। सयुक्त दलित राजनीतिक सङ्घर्ष समिति म्याग्दीको आयोजनामा सोमबार जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहबाट तीन सय जना प्रतिनिधिहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी
- 2 बर्ष, 5 महिना अगाडि
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत्र ्म्याग्दीका बावियाँचोरमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गरिन भने नेपाल विद्यार्थी संघका गौरव... पुरा पढ्नुहोस
मलम्पारमा पहिलो पटक बस पुग्यो
- 2 बर्ष, 5 महिना अगाडि
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध... पुरा पढ्नुहोस
जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न शैक्षिक सरोकारवालासंग अन्तरक्रिया
- 2 बर्ष, 5 महिना अगाडि
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाविच गरिएको अन्तरक्रिया... पुरा पढ्नुहोस
बेनीमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु
- 2 बर्ष, 5 महिना अगाडि
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । बेनीमा आँखाको नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ। बेनी अस्पतालमा संचालित तीन दिनसम्मको शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको नि:शुल्क शल्यक्रिया गरिने छ । नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुभारम्भ जिल्ला समन्वय... पुरा पढ्नुहोस
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका
- 2 बर्ष, 5 महिना अगाडि
- ४ चैत्र २०७९, शनिबार
पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ । ७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र... पुरा पढ्नुहोस