म्याग्दी समाचार

वैशाखमा वेमौसमी हिमपात (फोटो फिचर)

बेनी, ११ वैशाख : म्याग्दीमा बर्षा संगै हिमपात भएको छ । विगत केहि दिनयता मौसममा आएको बदलीको कारण बर्षा संगै माथिल्लो भेगमा हिमपात भएको हो । सोमबार साँझदेखि जिल्लाको पर्यटकीय स्थल पुनहिल, घोरेपानी, मोहरेडाँडा, खोप्रालेक लगायतका स्थानमा हिमपात भएपछि पर्यटकहरु उत्साहित बनेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोरेपानी लगायतका... पुरा पढ्नुहोस

८४ बर्षमा धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका कार्लोस

कमल खत्री बेनी, ११ वैशाख । उमेरले ८४ बर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छन् ।... पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीको अध्यक्षमा ओमराज मगर चयन

म्याग्दी १० वैशाख । मंगोल नेशनल अर्गनाईजेसन म्याग्दी जिल्ला सभाको तेस्रो जिल्ला अधिवेशनबाट ओमराज मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट सचिवमा दिपक पुन, कोषाध्यक्ष खिमबहादुर आले मगर, सहसचिव दिपा पूर्जा, प्रचारप्रसार सचिव तेजिन्द्र रोका मगरलाई चयन गरेको छ । त्यसैगरी... पुरा पढ्नुहोस

धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

म्याग्दी १० बैशाख । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको नयाँ नेतृत्व चयन

 म्याग्दी, ९ वशाख ।    नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले शनिबार सम्पन्न २०औं साधारण सभा तथा अधिवेशनबाट छविलाल सुबेदीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा निलकुमारी भन्डारी सचिव रुपा केसी, कोषाध्यक्ष ओम प्रसाद केसी, उपसचिव गोपाल आचार्य सह–कोषाध्यक्ष किरण थापा रहेका छन । अधिवेशन उद्घाटन गदैं... पुरा पढ्नुहोस

वालिकाको उपचारका लागि सहयोग

बेनी, ८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत एपेण्डीसाइटिसको उपचारका लागि सहयोग गरिएको हो ।  पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एपेण्डीसाइटिसको शल्यक्रिया गराउनुभएकी... पुरा पढ्नुहोस

बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार

म्याग्दी, ८ वैशाख । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोक सेवा आयोगबाट पदस्थापना भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीमा कांग्रेसले पार्टी सुदृढीकरण अभियान संचालन गर्ने

  म्याग्दी, ८ बैशाख । नेपाली कांग्रेस म्याग्दीले पार्टी सुदृढीकरण र संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको बैठकले अभियानलाई... पुरा पढ्नुहोस

म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु २० करोड बढीको बजेट स्वीकृत

बेनी, ७ बैशाख : म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न रु २० करोड बढी बजेट स्विकृत भएको छ । जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ नेपाल विद्युत प्राधिकरण मार्फत स्वीकृत भएर आएको हो । नेपाल विद्युत प्राधिकरण बेनी... पुरा पढ्नुहोस

प्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन

म्याग्दी ७ वैशाख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई भोजन तथा फलफुल वितरण गरेको छ । विहिबार बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरि ५१ जना आमाहरुलाई खिर, अचार लगायतको... पुरा पढ्नुहोस